नयाँ शक्तिको नेतृत्वमा नयाँ र समृद्ध नेपाल बन्ने डा. भट्टराईको दावी

काठमाडौँ, ३० जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताएका छन् ।

पार्टीको राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको उदघाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भने, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ । हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ ।”

भ्रष्टाचारमा लिप्त भएका नेताले मुलुकमा आर्थिक परिवर्तन गर्न नसक्ने ठोकुवा गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता स्वार्थका लागि आदर्श बदल्न नहुने र जनता गरीब भएर नेता धनी हुनुको अर्थ नहुने बताए ।

पूँजीवाद र साम्यवादको अभ्यास पुरानो भइसकेको हुँदा आफ्नो पार्टीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट समाजवादको आदर्शलाई अवलम्बन गर्ने बताए । उनले निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेकाले आगामी दिनमा देशभर संगठन सुदृढीकरणका कार्यक्रम गरिने बताए ।
त्यस अवसरमा नयाँ शक्तिका नेताहरु डा. केशवमान शाक्य, रामरिजन यादव, गंगा श्रेष्ठलगायतले गठबन्धनको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका थिए । उनीहरुले महँगी, भ्रष्टाचारविरुद्ध देशभर सशक्त अभियान चलाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : बुधवार, जेठ ३०, २०७५ समय : १८:०५:१३ 50 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi