मना सार्कीको हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

पहिलोपेज

दाङ, २९ जेठ । कालीकोटकी मना सार्कीको हत्यारालाई हदैसम्मको कारवाहीका लागि देशब्यापी आन्दोलनको घोषणा गरिएको छ । फलस्वरुप सोमबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

दाङमा पनि विभिन्न दलित संघ संगठनको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गजेन्द«बहादुर श्रेष्ठमार्फत गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङका अध्यक्ष टंक सुनार, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका अध्यक्ष जगत दर्लामी, नेपाल दलितमोर्चाका पन्चराम नेपाली, समता समाजका दुर्गा तिरुवाले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

गत जेठ १९ गते राति स्थानीय गैरदलितको कुटाईबाट वडा सदस्य सार्कीको मृत्यु भएको थियो । आफ्नै खेतवारीबाट तरकारी लिएर पानीको धारामा पखाल्दै गरेको अवस्थामा नजिकै छिमेकी कम्मर शाहीका छोरीहरु राजिन्द्रा शाही र सिर्जनाले धाराको पानी छोएको निहुँमा ढुंगा र पैयुँको लौरोेले टाउकोमा निर्मम ढङ्गले हिर्काएर हत्या गरिएको संघसंगठनहरुको दावी छ ।

वडा सदस्य सार्कीलाई आक्रमण गरी हत्या गरेको घटनाको सर्वत्र विरोध र घटनाका दोषीलाई तत्काल कारवाही गर्नुपर्ने दवाव दिइएको थियो । त्यस अबसरमा मुक्ति समाजका केन्द्रीय सदस्य देवराज विश्वकार्म, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, दलित अगुवा निर्मला विकले घटनाको बिरोध गर्दै काठमाडौमा पुगेर गृहमन्त्री रामबहादुर थापा “बादल”लाई भेटी ज्ञापनपत्र बुझाएका थिए । लगत्तै गृहमन्त्री बादलले कालिकोट जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएपछि जेठ २२ गते नै कालीकोट जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो । मना सार्की स्थानीय निर्वाचनमा कालीकोट नरहरिनाथ गाउँपालिका ९ वडाबाट सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : मङ्गलवार, जेठ २९, २०७५ समय : १५:२५:३५ 150 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi