सुर्खेतमा अटोरिक्सा दुर्घटनामा तीनजनाको मृत्यु

सुर्खेत, २७ जेठ । पञ्चपुरी नगरपालिकामा आइतवार बेलुकी अटोरिक्सा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

सुर्खेत बाबियाचौरदेखि मुरमुरीतर्फ हिडेको भे१घ २१३५ नं को अटोरिक्सा अनियन्त्रित भई सडकबाट १ मिटर तल खसेको थियो ।

दुर्घटनामा पञ्चपुरी नगरपालिका–५ का २४ वर्षीया बिनिता शाही र उनकी ८ महिनाकी छोरी प्रतीक्षा एवं उक्त वडाकै अटोरिक्सा चालक २६ वर्षीय अशोक रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : आइतवार, जेठ २७, २०७५ समय : २०:२९:०६ 147 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi