यसरी अगाडि बढ्दैछ प्रेस चौतारी र प्रेस सेन्टरको एकता प्रक्रिया

पहिलोपेज

काठमाडौँ, २७ जेठ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु गरिएको छ । एकताका लागि गठित कार्यदलको बैठकले पार्टीको निर्देशनअनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले जनाएका छन् ।

एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार पार्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव विष्णु सापकोटा रहेको दुई सदस्यीय समिति गठन गरिएको छ ।

समितिले चाँडै नै कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउने छ । एकता प्रक्रिया टुंग्याउनका लागि आवश्यक सुझाव लिनका लागि दुबै संगठनको केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ । जेठ ३१ गते प्रेस चौतारी र असार १ गते प्रेस सेन्टरको बैठक बोलाइएको प्रेस चौतारीका महासचिव राजेश राईले जानकारी दिए ।

बैठकमा प्रेस चौतारी इन्चार्ज तथा तत्कालीन नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रेस सेन्टरका इन्चार्ज तथा तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल, एमाले प्रचार विभागका सचिव विष्णु रिजाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको सहभागिता रहेको थियो ।

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तीन महिनाभित्र सबै भातृ संगठनको एकता प्रक्रिया टुंग्याउने निर्देशन यसअघि नै दिएको थियो ।

प्रकाशित मिति : आइतवार, जेठ २७, २०७५ समय : १८:२८:०६ 97 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi