संघीय फोरम र राजपालाई पनि राष्ट्रिय दलसरह सेवासुविधा

काठमाडौँ, २७ जेठ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सरहको सेवा सुविधा पाउने भएका छन् ।

राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

राष्ट्रियसभामा यी दुबै दलका दुई÷दुईजना राष्ट्रियसभा सदस्य छन् । राष्ट्रियसभाको बैठक शुरु हुँदैछ । आजको बैठकले राष्ट्रियसभा नियमावली पारित गर्नेछ ।

प्रकाशित मिति : आइतवार, जेठ २७, २०७५ समय : १४:११:४० 106 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi