अब हुँदैछ देशभर हलेदो र अदुवाको नयाँ जात विस्तार

शंकर केसी

सल्यान, २६ जेठ । किसानलाइ बढि लाभ दिने उन्नत जातको अदुवा तथा हलेदोको बीउ पत्ता लगाउने एकमात्र अदुवा बाली अनुसन्धान कार्यक्रमले यस वर्ष पनि देशका विभिन्न ठाउँमा बीउ पुराएको छ । विशेषगरी हलदोको बीउ बिक्री गरेको अनुसन्धान कार्यक्रमले अदुवाको बीउ पैँचो दिएको छ ।

सल्यानमा कार्यालय रहेको यस कार्यक्रमले कपुरकोट हलेदो १ र कपुरकोट अदुवा १ जात देशका विभिन्न जिल्लामा किसान तथा किसान समूहहरुले लगेको जानकारी दिएको छ ।

प्रधानमन्त्री आधुनिकरण परियोजना धरानमा ५ सय किलो, जाजरकोटको छेडा नगरपालिकामा १ सय किलो र प्युठानको स्वर्गद्धारी नगरपालिकामा २ सय किलो हलेदो (बेसार) को बीउ गएको अनुवा बाली अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत खेमराज शर्माले जानकारी दिए । उनका अनुसार कार्यालयको कपुरकोटमा रहेको आफ्नो जमिनमा एक हार किलो बेसारको बीउ रोपिएको छ । प्राविधिक अधिकृत शर्माले भने, “कपुरकोट हलेदो–१ जातको हलेदोको उन्नत बीउ प्रतिकिलो ८० रुपैयाँको दरले बिक्री भएर गएको छ भने अदुवाको जात हामीले पैंचोको रुपमा किसान तथा किसान समूहहरुलाइ दिएका छौँ ।”

अदुवा बाली अनुसन्धान कार्यक्रम आफैले बीउ उत्पादन गर्नका लागि दुई हजार ५ सय किलो अदुवाको बीउ लगाएको छ । यस्तै मकवानपुरमा ५ सय किलो, पाल्पामा ५ सय किलो, डोटीमा ४ सय किलो ‘कपुरकोट अदुवा–१’ जातको अदुवा पठाइएको शर्माले बताए । अनुसन्धान कार्यक्रमले पत्ता लगाएको हलेदोको नयाँ जात कपुरकोट हलेदो २ र अदुवाको नयाँ जात कपुरकोट हलेदो २ को बीउ उत्पादनकै क्रममा रहेकाले आगामी वर्षबाट मात्रै किसानकहाँ पुग्ने उनले जानकारी दिए ।

पछिल्लो समय नयाँ र उन्नत जातको हलेदो तथा अदुवाको बीउबाट बढी उत्पादन लिन सकिने भएकाले बिस्तारै किसानहरुको नयाँ जाततर्फ आकर्षण बढ्दै गएको अदुवा बाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक डा. जनार्दन गौतमले जानकारी दिए । उनले भने, “व्यवसायिक किसानले बढी भन्दा बढी फाइदा लिन नयाँ जातको बीउ रोप्न जरुरी छ । किनभने उन्नत जातमा रोग किराको प्रकोपबाट बच्न सक्ने र बढी उत्पादन दिन सक्ने क्षमता हुन्छ ।”

यसैबीच अदुवा बाली अनुसन्धान कार्यक्रमले अदुवा र बेसारको अलावा मकैको बीउ पनि उत्पादन गर्ने गरेको छ । हरेक वर्ष २० क्वीन्टल बढी मकैको मूल बीउ उत्पादन हुने गरेको वैज्ञानिक गौतमले बताए । यसपालि पनि मनकामना–३ जातको मकैको बीउ २२ क्वीन्टल बढी उत्पादन भएको उनले बताए ।

प्रकाशित मिति : शनिवार, जेठ २६, २०७५ समय : २२:२९:०२ 232 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi