सामुदायिक विद्यालयलाई शुल्क विवरण बुझाउन यस्तो ताकेता

पहिलोपेज

तुलसीपुर, १९ जेठ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयहरुलाई शुल्क विवरण वुझाउन आग्रह गरेको छ । सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा शिक्षा ऐन विपरीत शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो ।

उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा बसेको बैठकले जेठ २३ गतेसम्म अनिवार्य रुपले सम्पूर्ण विवरण बुझाउन आग्रह गर्ने निर्णय गरेको हो । बैठकले विद्यालयमा शुल्क उठाउने आधार, शीर्षक र प्रक्रियाका बारेमा स्पष्ट पार्न समेत आग्रह गरेको छ । शिक्षा नियमावली २०५९ को नियम १४७ र अनुसुची २२ वमोजिम प्रक्रिया पुराएर जानकारी दिनका लागि आग्रह गरिएको छ ।

यसैगरी कतिपय संस्थागत विद्यालयहरुले बिना पारदर्शी शुल्क लिएकोमा आपत्ति जनाउँदै सम्पूर्ण शुल्कको विवरण बुझाउन समेत आग्रह गरिएको छ । बैठकले छात्रवृत्ति वितरण गर्दा पारदर्शी रुपमा गर्नुपर्ने कुरा समेत उल्लेख गरेको छ । हरेक वर्ष संस्थागत विद्यालयहरुले छात्रवृत्ति घोषणा गर्दा जनप्रतिनिधिको रोबहरमा मात्रै घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ । बैठकले सम्पूर्ण संस्थागत विद्यालयहरुलाई जेठ ३० गतेसम्म यो आर्थिक वर्षको शुल्क विवरण बुझाउन समेत आग्रह गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै आचार्यले शिक्षाको अवस्था सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले शिक्षामा सबैको पहुँच पुराउनका लागि उपमहानगरले ध्यान दिनुपर्ने बताइन् ।

बैठकमा शिक्षा समिति सदस्य दीपक कुमाल, चित्रा मल्ल, डिला परियार, ढकबहादुर वली, निमित्त शिक्षा प्रमुख वासुदेव लामिछाने, प्रेस संयोजक वसन्त विवश आचार्य र स्रोतव्यक्ति मुकुन्द रिजालले विचार राखेका थिए ।

प्रकाशित मिति : शनिवार, जेठ १९, २०७५ समय : ९:३२:०५ 90 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi