सुर्खेतबाट सिमिकोट उडेको जहाज हिलाचौरमा दुर्घटनाग्रस्त

सुर्खेत, २ जेठ । सुर्खेतबाट सिमिकोट उडेको मकालु एयरको नाइन एनएजेयु कलसाइन विमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त भएको छ ।

सुर्खेत विमानस्थलबाट बिहानै ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको जहाज बीच बाटोमै दुर्घटनाग्रस्त भएको हो । बाजुराको उत्तर पश्चिमी क्षेत्र हिलाचौरमा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

पाइलट किरण भट्राइ र कोपाइलट आदित्य नेपाली जहाजमा सवार थिए । बिहान ६ः५५ मा सिमिकोट विमानस्थल पुग्नुपर्ने विमान ६ः४५ बजे सम्पर्कविहीन भएको थियो । विमान दुर्घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थलतर्फ गइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : बुधवार, जेठ ०२, २०७५ समय : ९:४८:२९ 64 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi