आफैले आफैमाथि गोली हान्न लगाएको आरोपमा आचार्य श्रीनिवास पक्राउ

पहिलोपेज

काठमाडौं, २४ बैशाख । हिन्दू धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ । आफैलाई गोली हान्न लगाएको आरोपमा काठमाडौंबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत २५ गते आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको थियो । अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गोली प्रहारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका थिए । आरोपितहरुले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएको प्रहरीले बताएको छ । उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : सोमवार, बैशाख २४, २०७५ समय : १५:४६:०३ 125 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi