गोलौरामा विद्युत लाइन विस्तार

पहिलोपेज

तुलसिपुर । 
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरामा विद्युत लाइन विस्तार गरिएको छ । तुलसीपुर बसपार्कबाट रजौरा कमल पोखरी हुँदै हरिपौरा जाने सडकमा विद्युत लाइन विस्तार गरिएको हो । १५ बर्ष पुरानो सो सडकमा हाल सम्म विद्युत विस्तार नहुँदा त्यस वरवरका स्थानियले २÷३ सय मिटर टाढा देखि लाइन तानेर बत्ति बाल्दै आएका थिए ।

टाढा बाट तानिएको विद्युत लाइनमा भोल्टेज नआउँदा समस्या हुने गरेको थियो । गोलौरामा भर्खरै स्थापना भएको आदर्श एकाडेमिको पहलमा विद्युत विस्तार गरिएको स्थानिय मिलन रेग्मीले जानकारि दिए ।

बर्षाैं पछि विद्युत विस्तार भएपछि स्थानिय खुसी भएका छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयले विद्युतको पोल गाड्ने र तार तान्ने काममा अगुवाइ गरेको प्रधानाध्यापक भिमकान्त न्यौपानेले बताए ।।

प्रकाशित मिति : शनिवार, बैशाख ०८, २०७५ समय : १६:५४:०८ 64 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi