एमाले–माओवादी केन्द्रबीचको एकताबारे यस्तो भन्यो एमालेले

काठमाडौं, ३ बैशाख । एमाले र माओवादी केन्द्रबीच पूर्वघोषित मिति बैशाख ९ मै पार्टी एकता होला ? यस्तो प्रश्न उठिरहेको बेला एमाले स्थायी समितिको बैठक सम्पन्न भएको छ ।

सत्तारुढ दल नेकपा एमालेको स्थायी समितिको प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले पार्टी एकता र समसामयिक राजनीतिका विषयमा निर्णय गरेको छ । एमालेको स्थायी समिति बैठकले प्रस्तावित वैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओवादी केन्द्रसँग अधिकतम समझदारी निर्माणका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

“बैठकले पार्टी एकतालाई पछि घकेल्ने अवस्था आउन दिन नहुने निर्णय गरेको छ”, एमाले नेता सुवास नेम्बाङले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, नेता सुवास नेम्वाङ, महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए ।

पूर्वनिर्धारित बैशाख ९ गते नै पार्टी एकता हुने वा नहुने विषयमा अन्यौल देखिएको थियो । पार्टी एकताका विषयमा आज बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो ।

प्रकाशित मिति : सोमवार, बैशाख ०३, २०७५ समय : २१:४९:३४ 46 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi