तुलसीपुर ६ मा सञ्चालित खाद्य प्रशोधन तालिम सम्पन्न

पहिलोपेज

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखौवामा सञ्चालित खाद्य प्रशोधन तालिमको शनिबार समापन गरिएको छ । वडा नं. ६ को कार्यालयको आर्थिक सहयोगमा श्री आमा समूहद्धारा सञ्चालित पाँच दिने तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको हो । समूहका अध्यक्ष बिष्णा रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुलाई उत्पादनमा लगाउनुपर्नेमा जोड दिएका थिए ।

बक्ताहरुले महिलाहरु घरको काममा मात्र सीमित हुननहुने भन्दै उत्पादनमा संलग्न हुन आवश्यक रहेको बताएका थिए । स्थानीय स्तरमा उपभोग हुने सामग्रीहरु यहीं उत्पादन गर्न सके पुँजीको पलायन रोक्न सकिने भन्दै उनीहरुले महिलाहरुलाई उत्पादनमा सहभागी बनाउन विभिन्न तालिम तथा मेसिन औजारहरुलाई अनुदानमा उपलब्ध गराउनुपर्ने बताएका थिए ।

समूहका सदस्य लक्ष्मी श्रेष्ठको सञ्चालनबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ६ का सदस्य युवा करारा, विशिष्ट अतिथि वडा सदस्य दुजमान भण्डारी बर्षात, पत्रकार नारायण भण्डारी, सम्झना टोल विकास संस्थाका अध्यक्ष पुस्कर सुनार लगायतले मन्तब्य राखेका थिए । पाँच दिन सम्म सञ्चालित तालिममा सहभागी २५ जना महिलाहरुले दालमोट र आलुचिप्स बनाउन सिकेका छन् । तालिमको प्रशिक्षकमा तिलसरा रावत रहेकी थिइन् ।

प्रकाशित मिति : शनिवार, चैत्र १७, २०७४ समय : १६:३४:०३ 112 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi