सशक्त अभिनय गर्नसक्ने बालिकाको खोजीमा भौंतारिँदै रेखा थापा

पहिलोपेज


काठमाडौं, ६ चैत । नेपाली सिनेजगतकी सुपरिचित नायिका रेखा थापा यतिबेला जाजरकोटमा छिन् । नायिका थापा किन र के खोज्दै जाजरकोट पुगिन् ? यौ कौतुहलताको विषय बनेको छ । यस्तै, उनी केही दिनअघि मात्रै इलामतिर झुल्किएकी थिइन् । यो पनि त्यस्तै कौतुहलताको विषय बनेको थियो ।

वास्तवमा नायिका रेखा थापा सशक्त अभिनय गर्नसक्ने एक बालिकाको खोजीमा भौंतारिँदै जाजरकोटसम्म पुगेकी हुन् । रेखाले आफ्नो आगामी चलचित्रको रुपमा यसअघि नै “लालमस्तिष्क” बनाउने घोषणा गरिसकेकी छन् । “लालमस्तिष्क” बालविवाहविरुद्ध सन्देश दिने खालको हुने र त्यसैको लागि धेरै बालविवाह हुने जिल्ला मानिएको जाजरकोटमा पात्र खोज्न त्यहाँ पुगेको रेखाले बताइन् ।

जीवन रुपान्तरणका प्रशिक्षक नरवहादुर कार्कीको अवधारणामा बालबिवाहका विरुद्ध सशक्त अभियानको पूरकका रुपमा “लालमस्तिष्क” निर्माण हुन थालेको छ । उक्त फिल्मका लागि उपयुक्त पात्रको खोजीमा बालविवाहले बढी प्रभावित जाजरकोट पुगेको थापाले बताइन् ।

रेखा फिल्मसको व्यानरमा निर्माण उक्त चलचित्रमा यथार्थ जीवनमा बालबिवाहको पीडा भोगिरहेकै वस्तीहरुमा यसको असली पात्र भेटिने रेखाको आशा छ । बालविवाहले पीडाक्रान्त भूमिमै चलचित्रको छायाङ्कन गर्ने सोच पनि उनले बनाएकी छन् । छोरीहरुको स्वर्णिम भविष्य निर्माणका लागि चलचित्रले योगदान दिने रेखाको विश्वास छ ।

प्रकाशित मिति : मङ्गलवार, चैत्र ०६, २०७४ समय : १९:४०:०७ 130 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi