तुलसीपुर घोराही सडक फेरी बन्द गर्ने चेतावनी

कल्भर्ट निमार्ण गर्न एक हप्ताको अल्टिमेटम

नारायण भण्डारी

तुलसीपुर । 
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मोतीपुरका स्थानीयले तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भत्किएको कल्भर्ट निमार्ण गर्न अल्टिमिटा दिएका छन् । सोमबार बिहान बसेको त्यहाँको एकता टोल विकास संस्थाको बैठकले एक हप्ता भित्र कलभर्ट निमार्ण गर्न माग गरेको हो । बैठक पछि त्यहाँका स्थानीयले सडक डिभिजन कार्यालय दाङमा अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा एक हप्ता भित्र कल्भर्ट निमार्ण सुरु नगरिए सडक बन्द गर्ने चेतावनी दिइएको छ । गत बर्षातमा आएको बाढीका कारण भत्किएको मोतीपुरको कल्भर्ट ७ महिना सम्म पनि निमार्ण नभएको भन्दै त्यहाँका स्थानीयले एक हप्ता भित्र कल्भर्ट निमार्ण नगरे सडक बन्द गरिदिने चेतावनी दिएका छन् ।

सो चेतावनी सहितको पत्र उनीहरुले सडक डिभिजन कार्यालय दाङका प्रमुख लाई बुझाएका छन् भने सो को बोदार्थ विभिन्न कार्यालयमा बुझाएको स्थानीय दामु चौधरीले जानकारी दिए । सो पत्रको बोधार्थ तुलसीपुर उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को कार्यालयललाई बुझाइएको टोलका अध्यक्ष छोटीलाल थारुले जानकारी दिए ।

बाढीले कल्भर्ट भत्किएपछि ह्युमपाइप राखेर अस्थाई रुपमा एकतर्फि यातायत सञ्चालन गरिएको लामो समय सम्म पनि कल्भर्ट निमार्णमा सडक डिभिजनले ध्यान नदिंदा सो स्थानमा दुर्घटनाको जोखिम बढेको छ ।

भत्किएको कल्भर्ट निमार्ण नहुँदा सो स्थानमा सडक एकतर्फी मात्रै रहेको छ, जसका कारण गाडी जाम हुने समस्याका कारण यात्रु र सवारी चालक हैरान भएका छन् । कल्भर्ट भत्किएको स्थानमा उड्ने धुलोका कारण विद्यालय जाने बालवालिकार पैदल यात्रु तथा त्यस वरपरका स्थानीयले हैरानी खेप्नु परेको छ ।।

प्रकाशित मिति : सोमवार, चैत्र ०५, २०७४ समय : १७:४७:११ 257 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi