अखिल नेपाल शिक्षक संघ दाङको पाँचौ जिल्ला परिषद

दाङ । अखिल नेपाल शिक्षक संघ दाङको पाँचौ जिल्ला परिषद लमहीको लालकिरण होटलमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष भानु जीएमको अध्यक्षता र महासचिव चक्रपाणि पौडेलको प्रमुख आतिथ्यतामा परिषद् सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चक्रपाणि पौडेल, विशिष्ट अतिथि अनेशिसंघका केन्द्रीय सदस्य कपिलदेव खनाल, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार काशीनाथ पोख्रेल, रक्तिम अभियानका महासचिव नारायण योगी, राष्ट्रिय जनमोर्चा दाङका सचिव गणेश आचार्य, नेपाल शिक्षक महासंघका ५ नम्बर प्रदेशका उपमहासचिव अर्थ लालबहादुर भण्डारी, रक्तिम अभियान दाङका अध्यक्ष धनिराम भण्डारी, अखिल नेपाल युवक संघ दाङका सचिव लीलाबहादुर पुन र अखिल नेपाल किसान संघका विष्णुबहादुर भुसालले शुभकामना मन्तव्य राखेका थिए ।

परिषदले वार्षिक मुखपत्र “शिक्षा”को वर्ष २ अंक २ यही २०७४ चैत्रभित्रै प्रकाशन गर्ने निर्णय गरेको छ । त्यस्तै संघले अक्षयकोष स्थापना गर्ने, पेशागत क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने लगायतका निर्णयहरु पारित गरेको छ । सहसचिव संगीता गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रुमालप्रसाद बसेलले गरेका थिए ।

प्रकाशित मिति : आइतवार, चैत्र ०४, २०७४ समय : २२:३८:३३ 122 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi