प्रचण्डले ठाडै अस्वीकार गरे प्रधानमन्त्री केपी ओलीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठाडै अस्वीकार गरेका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीको प्रस्तावलाई समर्थन गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारेका थिए । तर, वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका प्रचण्डले ठाकुरको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएका हुन् ।

स्रोतका अनुसार प्रचण्डले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ”लाई नै दोहोराउनुपर्ने कडा अडान लिएका छन् । यसअघि ओली–प्रचण्डबीचमा यसबारेमा पनि सहमति भइसकेको थियो ।

तर, राजपा पनि सरकारमा सहभागी हुने तयारी गरेसँगै ओलीले अध्यक्ष ठाकुरलाई यस्तो अफर गरेका थिए । ओलीको यो प्रस्तावसँगै वाम गठबन्धनको प्रमुख घटक माओवादी केन्द्र झस्किएको थियो ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण २९, २०७४ समय : १६:४०:१९ 261 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi