पुरुषले स्तनपान गराएको यो तस्वीर बन्यो भाइरल

पुरुष समलिंगी बाबुले आफ्नो छोरालाई स्तनपान गराएको तस्वीर भाइरल बनेको छ । सो तस्वीरलाई एउटा आधुनिक परिवारको उत्कृष्ट तस्वीरको रुपमा लिइएको छ ।

“मेरो भाइको गर्भधारण र नयाँ अमेरिकी परिवार” क्याप्सन लेखेको तस्वीरलाई उनकै दिदी जेसिकाले यसै साता सामाजिक सञ्जालमा शेयर गरेको समाचार टाइम डटकमले प्रकाशित गरेको छ । तस्वीरमा एक पुरुषले स्तनपान गराइरहेको देखिन्छ । ती पुरुष ३५ वर्षीय इभान हेमेल हुन् ।

इभान हेमेल र उसका पार्टनरले सन् २०११ मा बच्चा जन्माउन टेस्टोरोन उत्पादन गर्न सक्ने बताएका थिए । दाताको वीर्यबाट कृत्रिम गर्भाधानपछि हेम्पेलले सन् २०१६ मा छोरा जन्माउन सफल भएका थिए । बच्चा जन्माउने विषयमा उनकी दिदी जेसिकाले अमेरिकाको प्रसिद्ध पत्रिका टाइममा अन्तर्वार्ता समेत दिएकी थिइन् । हेमेलले पनि बच्चा जन्माउने निर्णय जुवा खेल्ने निर्णय जस्तै भएको बताएका थिए ।

“यो एउटा जुवा खेले जस्तै थियो” हेमेल भन्छन्, “मैले कस्तो महशुस गरे भन्ने बारेमा मलाई नै थाहा छैन । तर मेरो शरीरले यो काम गर्न सक्छ भन्ने लाग्थ्यो ।” आफू गर्भवती भएको कुरा उनले ह्युमन रिसोर्सका प्रतिनिधिलाई बताएका थिए, तथापि यो आफैमा अनौठो थियो ।

उनी गर्भवती हँुदाको तस्वीरले पनि सकारात्मक सन्देश दिएको थियो । उनको हाउभाउ सबै पुरुष जस्तै छ । पुरुषको जस्तै दाह्री आउँछ । तर यौन अंग भने महिलाको छ । “मेरो यौन अंग महिला छ तर म पुरुष हु”, उनी भन्छन् । उनले आफ्नो मेडिकल विमाको कागजमा आफूलाई महिला लेखेका थिए ।

“विमापत्र पाउँदा उनीहरुले मलाई सर वा म्याम भनेनन्” उनी भन्छन्, “उनीहरुले केबल प्यारो इभान हेमेल भने जुन सम्बोधन राम्रो लाग्यो ।” बच्चालाई स्तनपान सकाएपछि उनी टेस्टोस्टेरोन झिक्न चाहेको बताएका छन्, ताकी उनको स्तन फेरि सुकोस् । दिदी जेसिकाका अनुसार उनी सानैदेखि बच्चाबच्ची निकै मन पराउँथे । उनले बालबालिकाका खेलौला लिने गर्थे ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण २९, २०७४ समय : ०:४४:५१ 82 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi