खड्काको मृत्युपछि उपचारमा उठेको रकम छोरालाई हस्तान्तरण

कतार । नवदीप युवा क्लब मालारानी– ५, भण्डार अर्घाखाँचीले सञ्चालन गरेको शिक्षक बिष्णु खड्कालाई सहयोग अभियानमा संकलन भएको रकम उनका छोरा सम्राट खड्कालाई हस्तान्तरण गरेको छ । शिक्षक खड्का हालको मालारानी गाउँपालिका–५, कालढुङ्गा घर भई श्री ज्ञानदीप आधारभूत विद्यालय बझेरीमा कार्यरत थिए ।

ब्लड क्यान्सर रोगबाट पीडित शिक्षक खड्काको उपचारको क्रममा चैत १७ गते अल्का अस्पताल जावलाखेल काठमाडौंमा मृत्यु भएको थियो । उनको मृत्युपछि उनको उपचारको लागि उठेको सहयोग रु १ लाख १ हजार ५ सय ५ रुपैयाँ क्लबका सदस्य विकास कुँवरले उनका छोरा सम्राट खड्कालाई उनकै घरमा पुगी हस्तान्तरण गरेका हुन् ।

उक्त रकम हस्तान्तरण गरेपछि नवदीप युवा क्लबले सम्पूर्ण अभियानकर्मी तथा सहयोगीलाई आभार प्रकट गरेको छ । उक्त सहयोग रकम क्लबले आफ्ना अभियानकर्तामार्फत अर्घाखाँची, बुटवल, काठमाडौं तथा कतारमा संकलन गरिएको थियो ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण २९, २०७४ समय : ०:३०:३२ 118 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi