पीडित राईलाई खोटाङ सेवा समाज कतारको सहयोग

कतार । खोटाङ सेवा समाज कतारले कतार आएका खोटाङ जिल्लाका पीडित प्रदीप राईलाई १७ जुलाई २०१७ का पीडित राईकै कम्पनीको क्याम्पमा गएर आर्थिक र खाद्यान्न सामाग्री तत्कालका लागि सहयोग गरेको छ । खोटाङको दीपरुङ गाउपालिका– १ बतासेका राई करिब ३ महिना अगाडि कतारको क्यापिटल ब्रान्च भन्ने कम्पनीमा रोजगारीको सिलसिलामा आएका थिए ।

पीडित राईले ३ महिनासम्म कम्पनीमा लगातार काम गर्दै आउँदा कम्पनीले दिनुपर्ने सेवा सुबिधा र तलब नदिएपछि पीडित राईले खोटाङ सेवा समाज कतारका उपाध्यक्ष रुद्र शर्मा आचार्यमार्फत संस्थालाइ जानकारी गराउँदै सहयोगको अपील गरेका थिए । उक्त अपीलपछि संस्थाका अध्यक्ष तिलाबहादुर खत्रीले तत्कालका लागि आबश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने र त्यतिन्जेलका लागि सस्थाका तर्फबाट केही नगद कतारी रियल र खाद्यान्न सामग्री सहयोग गरेको हो । उपाध्यक्ष रुद्र शर्माको नेतृत्वमा सचिब परशुराम श्रेष्ठ, कोषाध्यक्ष डिल्ली शेर खडका र बरिष्ठ सदस्य बलराम तामाङले पीडितलाई प्रत्यक्ष्य भेटेर सहयोग गरिएको हो ।

कम्पनीले भनेजस्तो सेवासुबिधा र तलब नदिएपछि पीडित राई नेपाल फर्किने अन्तिम तयारीमा रहेका छन् । नेपाल फिर्ताको लागि परिवारजनमार्फत हवाई टिकेट बुकिङ गरी यही आउँदो जुलाई १९ तारीखका दिन नेपाल फर्किने जानकारी पीडित राईले संस्थाका उपाध्यक्ष शर्मालाई दिएका छन् ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण २९, २०७४ समय : ०:२६:३४ 73 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi