बाल श्रम र बाल बिवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले बाल बिवाह र बाल श्रमका बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ । बालवालिका लक्षित कार्यक्रम अन्र्तगत दुई दिन सम्म सञ्चालित कार्यक्रमको शनिबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

वडा स्तरिय बाल संरक्षण तथा सम्र्बद्धन समितिका संयोजक दुजमान भण्डारी बर्षातको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बालवालिकाले गर्भ देखि पाउने अधिकार शुनिश्चित गर्न सरोकारवाला गम्भीर बन्नुपर्ने बताएका छन् । कार्यक्रममा उपमहानगर स्तरिय बाल संरक्षण तथा सम्र्बद्धन समितिका संयोजक नवराज लामिछानेले वडाका सबै टोलहरुलाई बालमैत्री बनाउने अभियानमा लाग्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि लामिछानेले सबै गाउँ तथा टोलमा बाल समूह र विद्यालयमा बाल मञ्च गठन गरेपछि वडा स्तरिय बाल क्लव गठन गर्न आग्रह गरे । वडा नं. ६ का अध्यक्ष समेत रहेका लामिछानेले तुलसीपुर उपमहानगरपालिकाले बाल संरक्षण नीति बनाउन लागेको जानकारी दिए । लामिछानेले वडालाई पूर्ण जन्मदर्ता युक्त, बाल बिवाह र बाल श्रम मुक्त बनाउने गरी लाग्न सबैलाई आग्रह गरे ।

बाल संरक्षण समितिका सदस्य निरला आर्याल गैरेको सञ्चालनबाट सुरु भएको कार्यक्रममा सहभागीहरुका तर्फबाट रामकुमारी चौधरी र तुलसीराम भण्डारी, वडा नं. ६ का सदस्य हरिबहादुर वली, यमुना परियार, युवा करारा लगायतले मन्तब्य राखेका थिए ।

दुई दिने कार्यक्रममा बाल मैत्री जिल्ला सहजकर्ता नानीमैयाँ वली र वडा स्तरिय बाल संरक्षण समितिका सदस्य निरला अर्याल गैरेले बाल श्रम, बाल बिवाह, जन्मदर्ता, बाल क्लव गठन तथा परिचालन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वडा नं. ६ मा गठन भएको बाल संरक्षण तथा सम्र्बद्धन समितिका पदाधीकारीहरु, वडाका विभिन्न विद्यालय तथा टोलहरुमा गठीत बालक्लवका पदाधीकारीहरु गरी ३५ जनाको सहभागीता रहेको थियो ।
यसैबीच
वडा नं. ६ ले वडाका विभिन्न टोलहरुमा जन्मदर्ता सम्बन्धी घरदैलो तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । वडा स्तरिय बाल संरक्षण समितिको आयोजनामा मातीपुरको पीडितनगर टोल, दक्षिण राजापुर, गाईडहरको अरनिको टोल, सगरमाथा टोल र पशुपति टोल र सुन्दरनगरमा घरदैलो तथा अभिमुखिकरण कार्यक्रम गरिएको समितिका संयोजक दुजमान भण्डारी बर्षातले जानकारी दिएका छन् ।

प्रकाशित मिति : शनिवार, फाल्गुण २६, २०७४ समय : १६:५७:४९ 94 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi