मोतीपुरमा सञ्चालित च्याउ उत्पादन तालिम सम्पन्न

पहिलोपेज

तुलसीपुर।

तुलसीपुर ६ मोतीपुरमा सञ्चालित च्याउ उत्पादन सम्बन्धी तालिमको बुधबार समापन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा जयदुर्गा महिला कृषक समूहले सञ्चालन गरेको तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

तालिम संयोजक भगवती बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले च्याउ खेती कम लगानीमा पनि गर्न सकिने भएकाले यसबाट गरिव तथा विपन्न समुदायले पनि लाभ लिन सक्ने बताएका थिए । कार्यक्रममा वडा नंं ६ का अध्यक्ष नवराज लामिछानेले तालिम लिएका महिलाहरु च्याउ खेतीबाट आत्मनिर्भर बन्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि लामिछानेले महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि विभिन्न योजना अघि सारेको जानकारी दिए । उनले वडा नं. ६ का विभिन्न समूहरुमा च्याउ खेती, तरकारी खेती, गुडिया निमार्ण, मुढा निमार्ण लगायतका तालिम सञ्चालन गरेर उद्यमी उत्पादन गर्ने लक्ष लिइएको बताए ।

समूहका सदस्य रेवता शर्माको सञ्चालनबाट सुरु भएको कार्यक्रममा वडा सदस्य हरि बहादुर वली, युवा करारा, यमुना परियार, पत्रकार नारायण भण्डारी, पीडित नगर टोल विकास संस्थाका अध्यक्ष भीम बहादुर भण्डारी, तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सदस्य शारदी शार्की, तालिमका सहभागी इन्दिरा भण्डारी, समिक्षा काृेइराला लगायतले मन्तब्य राखेका थिए ।
तीन दिन सम्म सञ्चालित तालिमको प्रशिक्षकमा बेलमती घर्तीमगर रहेकि थिइन् भने तालिममा मोतीपुर र राजापुरका गरि ३० जना महिलाहरु सहभागी भएका थिए ।।

प्रकाशित मिति : बिहिवार, फाल्गुण २४, २०७४ समय : १७:४२:५५ 116 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi