युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।

निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागाई (चितवन), महिला उपाध्यक्ष नानुमाया पराजुली (लमजुङ) र खुला उपाध्यक्ष बसन्त अधिकारी (दाङ) रहेका छन् । यसैगरी सम्मेलनले सातै प्रदेशबाट एक–एकजना उपाध्यक्ष निर्वाचित गरेको छ । जहाँ प्रदेश नम्बर १ बाट सीताराम अधिकारी (झापा), प्रदेश नम्बर २ बाट युगेश्वर राउत (सप्तरी) र ३ नम्बर प्रदेशबाट इन्द्रराज भट्टराई (गोरखा) उपाध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश नम्बर ४ बाट झपेन्द्र क्षेत्री (बाग्लुङ), ५ बाट मानबहादुर पाण्डे (अर्घाखाची) र ७ नम्बर प्रदेशबाट कृष्णदत्त जोशी (कञ्चनपुर) निर्वाचित भएका छन् ।

सम्मेलनले महासचिवमा निमबहादुर केसी (सल्यान) निर्वाचित गरेको छ । अर्थ उपमहासचिवमा कुलप्रसाद खतिवडा (ओखलढुंगा) र उपमहासचिवमा शान्ति ढकाल (सुर्खेत) निर्वाचित हुँदा सचिवहरुमा पुष्प न्यौपाने (काठमाडौं), सुशीला भट्टराई (बर्दिया) निर्वाचित भएका छन् ।

संगठनका अनुसार सातै प्रदेशस्तरीय कमिटीका अध्यक्षहरु केन्द्रीय कार्यसमितिमा सचिव सरह रहने छन् । यसअघि नै प्रदेशस्तरीय सम्मेलनहरुबाट १ नम्बर प्रदेशमा राजु बस्नेत, २ नम्बरबाट भूपनारायण यादव, ३ नम्बरबाट दूर्गासिंह लामा निर्वाचित भइसकेका छन् । त्यस्तै, ४ नम्बर प्रदेशबाट सोमनाथ ढुंगाना, ५ नम्बरबाट मदन शर्मा, ६ नम्बरबाट रश्मीलाल चपाइ र ७ नम्बर प्रदेशबाट दलबहादुर कार्की अध्यक्षमा निर्वाचित भइसकेका नवनिर्वाचित उपाध्यक्ष ऋषिराम चापागाईले जानकारी दिए ।

फागुन ४, ५ र ६ मा सम्पन्न संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले १३५ जनाको केन्द्रीय समितिमध्ये ९३ जना प्रत्यक्ष निर्वाचित गरेको छ भने बाँकी मनोनीत हुनेछन् । यसअघि ४५१ सदस्यीय केन्द्रिय समिति रहेको संगठनमा पाँचौं सम्मेलनबाट १३५ मा झारिएको हो ।

अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष शंकर अधिकारीले ६ महिनाभित्र वामपन्थी शिक्षाको स्पष्ट खाका तयार गर्ने र शैक्षिक गुणस्तरमा केन्द्रित रहँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : बिहिवार, फाल्गुण १०, २०७४ समय : २३:२३:०६ 120 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi