माओवादी केन्द्रले किन गर्यो किराँती, आहुति र विष्टलाई कारवाही ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्ना ३ जना केन्द्रीय नेताहरुलाई निष्काशित गरेको छ । निष्काशित हुने नेताहरुमा गोपाल किराँती, विश्वभक्त दुलाल “आहुति” र लोकेन्द्र विष्ट रहेका छन् ।

एमालेसँग पार्टी एकता गर्ने निर्णयप्रति यी तीन नेताहरुले असहमति व्यक्त गरेका थिए । असहमति जाहेर गरेका २ जना र यसअघि नै पार्टी परित्यागको घोषणा गरिसकेका १ नेतासहित ३ केन्द्रीय नेतालाई माओवादी केन्द्रले एकैसाथ पार्टीबाट निष्काशनको कारवाही गरेको हो ।

खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”को निवासमा बसेको सचिवालय बैठकले उनीहरुलाई निष्काशित गरेको हो । यीमध्ये बिष्टले यसअघि नै पार्टी परित्याग गरेका थिए भने दुलाल र किराँतीले एमालेसँग एकता गर्ने निर्णयको विरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : बिहिवार, फाल्गुण १०, २०७४ समय : २२:३३:५४ 117 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi