देशकै सर्वाधिक धनराशीको डीपीएल– २ को यसरी भयो अक्सन

पहिलोपेज

काठमाडौं, ९ फागुन । देशकै सर्वाधिक धनराशीको रुस्लान धनगढी प्रिमियर लिग– २ को अक्सन आज सम्पन्न भएको छ । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीका अनुसार रुस्लान धनगढी प्रिमियर लिगको अक्सन पनि सम्पन्न भएको र अक्सनमा विभिन्न ६ टोलीमा ७२ खेलाडीको भाउँ लागेको छ ।

नेपाली क्रिकेटलाई व्यवसायिकताको पथमा अगाडि बढाउने क्रममा अघिल्लो वर्ष पहिलोपटक राष्ट्रिय स्तरमा खेलाडीहरुको अक्सनसँगै फ्रेन्चाइजी टोलीहरुमा आधारित धनगढी प्रिमियर लिग सम्पन्न गरिसकेको स्मरण गर्दै अध्यक्ष शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “योसँगै प्रतियोगिता आयोजनाको आधा कार्यभार सम्पन्न भएको विश्वास हामीले लिएका छौ ।” विज्ञप्तिमा चैत्र १७ गतेदेखि क्रिकेटको शहर धनगढीमा हुने रुस्लान धनगढी प्रिमियर लिग २ को कुम्भमेलामा सहभागिताको लागि हार्दिक आमन्त्रण पनि गरिएको छ । अक्सन सम्पन्न गर्न, गराउन सहयोग पुराउने सम्पूर्ण प्रायोजक, टिम सञ्चालक, खेलाडीहरु तथा शुभेच्छुकप्रति हार्दिक कृतज्ञता ज्ञापन पनि गरिएको छ ।

रुस्लान डीपिएल २ मा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको विजेतालाई २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने बताइएको छ । तेस्रो हुनेलाई ३ लाख र चौथो टोलीलाई २ लाख दिइनेछ ।

गत वर्ष सम्पन्न पहिलो संस्करणको विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो । प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ । उत्कृष्ट ब्याटस्म्यान र बलरको पुरस्कार पनि दिइनेछ । कुल पुरस्कार कम्तिमा ५० लाख रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति : बुधवार, फाल्गुण ०९, २०७४ समय : २०:३२:५२ 486 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi