रेखा थापा जब पुगिन् प्यूठान, उर्लियो जनसागर

पहिलोपेज


प्यूठान, ८ फागुन ।  “आधुनिक कृषि, पर्यटन, उर्जा र व्यापार ः उद्यमी जनशक्ति, समृद्ध प्यूठानको आधार” मूल नाराका साथ शुरु भएको स्वर्गद्वारी प्यूठान महोत्सव”को आज अन्तिम दिन । महोत्सव समापनकै दिन नेपाली चलचित्र जगतमा विगत डेढ दशकदेखि एकछत्र राज गरेकी सुपरिचित र लोकप्रिय नायिका रेखा थापा पुगेपछि थामिनसक्नु जनसागर उर्लियो ।

महोत्सवको १० औं दिन नायिका थापा र “छोरीका निम्ति स्वर्णीम नेपाल महा–अभियान”का अभियन्ता नरबहादुर कार्कीसहित प्यूठान पुग्दा प्यूठान महोत्सवस्थल खचाखच भरिएको थियो । प्यूठान महोत्सवको इतिहासमा अहिलेसम्मकै ऐतिहासिक जनसागर उर्लिएको आयोजकहरु बताउँछन् । आजकै दिन दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरुको उपस्थिति रहेतापनि दर्शकहरुले नायिका रेखा थापाकै प्रस्तुति हेर्न चाहेका थिए ।

जिल्लामा बाल बिबाह अन्त्य र महिला सशक्तीकरणका रेखाको प्रस्तुति केन्द्रीत भएपछि दर्शकको दृष्टिकोण नै बदलिएको थियो । त्यसपछि रेखाले भनिन्, “म अब ठूली भइसकें । हामी महिलाहरु सदैव श्रीमानको पछि लागेर ताली बजाउने होइन । आफू पनि सक्षम हुनु पर्छ ।” शोषित उत्पीडित नारीहरुको सशक्तीकरण र अधिकारमा केन्द्रित दर्जनौं चलचित्र दिइसकेकी नायिका थापाले बाल विबाह अन्त्यको अभियानलाई सार्थक बनाउने प्रतिवद्धता पनि व्यक्त गरेकी थिइन् । दर्शकहरुले अघिल्ला दिनमा आएका कलाकारहरुजस्तै आशा गरेतापनि नायिका थापाले भने गायनभन्दा अधिकांश समय सामाजिक रुपान्तरणका सवालमा बोलेर बिदा भएकी थिइन् ।

बाल बिबाह नगर्न प्यूठानका बालबालिकाहरुलाई हार्दिकतापूर्वक अपिल गर्दै नायिका थापाले आफ्ना फ्यानहरुको माग सम्बोधन गर्दै “फूलको थुङ्गा” बोलको आधुनिक गीत प्रस्तुत गरेकी थिइन् । मंगलवार सम्पन्न महोत्सव सांस्कृतिक कार्यक्रमको सञ्चालन पत्रकार प्यार अलि खाँन र कलाकार पीएन सापकोटाले गरेका थिए ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : बुधवार, फाल्गुण ०९, २०७४ समय : ०:०१:३१ 189 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi