यसरी मनाउदै छन् यी सेलिब्रेटीहरुले आफ्नो भ्यालेन्टाइन

पहिलोपेज


काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । फेब्रुअरी १४ नजिकिँदै गर्दा सपिङ मलहरू र अन्य गिफ्ट पसलहरू पनि झकिझकाउ छन् ।

यसैबाट पनि भ्यालेन्टाइन राम्रै लागेको संकेत मिल्छ । भ्यालेन्टाइन डेमा व्यक्तिका आआफ्नै योजना हुन्छन् । कलाकारहरूमा पनि त्यो देखिन्छ । कोही कलाकर्मीलाई खासै असर नगरे पनि कसैलाई भने यो भ्यालेन्टाइन पनि खास बन्दै छ ।

केकी अधिकारी ः नायिका केकीका लागि भ्यालेन्टाइन डे खास बन्दै छ । कारण, यो भ्यालेनटाइन डेमा उनले निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेसुको गीत रिलिज हुँदै छ । उनि भन्छिन्, यो वर्षको भ्यालेन्टाइन डे मेरा लागि खास बन्दै छ किनकि यो भ्यालेन्टाइनमा मैले निर्माण गरेको फिल्मको रोमान्टिक गीत रिलिज हुँदैछ । स्पेसल भ्यालेन्टाइन डे सेलिब्रेट गर्न कोही नभएको बताउने केकी भन्छिन्, मेरा सबै दर्शकका लागि गिफ्टको रूपमा गीत रिलिज गर्दै छु ।

स्वस्तिमा खड्का ः नायिका स्वस्तिमा खड्का अहिले फिल्म जय भोले छायांकनमा व्यस्त छन् । उनी अहिले झापामा भएकाले पनि भ्यालेन्टाइन डे सेलिब्रेट गर्न नसक्ने बताउँछिन् । उनि भन्छिन्, म यता छायांकनमा आएकाले पनि यो वर्ष भ्यालेन्टाइन डे मनाउन नपाउने भएकी छु ।

विपीन कार्की ः अभिनेता विपीनलाई पनि खासै भ्यालेनटाइन डे लागेको छैन । सबैले मनाइरहेको भएकाले आफूले पनि मनाउने सोच राखेको बताउँछन् । उनी भन्छन्, खास सबैले मनाइरहेको भएकाले मनाइदिऊँ भन्ने लागेको मात्र हो । त्यस्तो योजना केही छैन । समय मिलेसम्म श्रीमतीसँग कतै घुम्न जाने विपीनको योजना छ ।

वर्षा सिवाकोटी ः नायिका वर्षा यो भ्यालेन्टाइन डेले केही असर नगर्ने बताउँछिन् । उनी भन्छिन्, मेरो त भ्यालेन्टाइन भए पो केही योजना हुनु । कोही छैन, त्यसैले केही विशेष योजना छैन । मन मिल्ने कसैले अफर गरेमा भने सेलिब्रेट गर्ने मुडमा छन् वर्षा ।

अर्जुन पोखरेल ः संगीतकार अर्जुनलाई पनि भ्यालेन्टाइन लागेकै छ । उनी आफू हरेक गीत बनाउँदा भ्यालेन्टाइन सेलिब्रेट गर्ने बताउँछन् । उनि भन्छन्, मैले गीत सृजना गर्दा आफ्नो प्रेमिकालाई सम्झेर नै सृजना गरेको हुन्छु । त्यसैले पनि हरेक गीत निर्माण गर्दा मैले भ्यालेन्टाइन मनाइरहेको हुन्छु । तर पनि उनी फ्रेबुअरी १४ लाई खास भ्यालेन्टाइन डे मान्दै आफ्नी प्रेमिकालाई समय दिने बताउँछन् ।

नाजिर हुसेन ः अभिनेता नाजिर हुसेन नयाँ फिल्म छायांकनमा व्यस्त छन् । केही योजना नबनाएका नाजिर मन मिल्ने मान्छे भेटिएमा भ्यालेन्टाइन डे मनाउने सोचमा छन् । उनि भन्छन्, मेरो कोही भ्यालेनटाइन छैन । त्यही पनि कोही चित्त बुझ्ने मान्छेबाट अफर आउँछ भने नाइँ भन्दिन ।

प्रदीप भट्टराई ः निर्देशक प्रदीप भ्यालेनटाइन सेलिब्रेट गर्ने मुडमा छन् । उनको श्रीमतीसँग घुम्न जाने योजना छ । उनैसँग कतै घुम्न जान्छु होला । उनि भन्छन्, अरू दिन समय दिन नभ्याए पनि यो दिन त समय दिनुपर्यो नि ।

छविराज ओझा ः निर्माता रूपमा परिचित छविराज ओझालाई भने गज्जब भ्यालेन्टाइन डे लागेको छ । यस वर्षको भ्यालेनटाइन डेलाई खास बनाउने सोचमा छन् । उनी भन्छन्, भ्यालेनटाइन डेमा आफ्नी गर्लफ्रेन्डलाई खुसी बनाउने न हो । म पनि त्यही गर्छु । सायद कतै घुम्न गइन्छ होला । उनले भ्यालेन्टाइन डेका हरेक दिन सेलिब्रेट गर्दै आएका छन् । रोज डेमा आफ्नी प्रेमिकालाई रोजसमेत दिइसकेको छवि बताउँछन् ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण ०१, २०७४ समय : २२:३५:२७ 102 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi