मुग्लिन सडकखण्डमा मुख्यमन्त्रीको टोली

पहिलोपेज


काठमाडौं । प्रदेशले मुख्यमन्त्री पाएसँगै अब चासोको विषय काम कस्तो गर्छ भन्ने हरेको छ । तर प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नियुक्त भएको डोरमणी पौडेल भने मुख्यमन्त्रीमा नियुक्त भएको भोली पल्टनै सडक अनुगमनमा निस्किएका छन् । मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले पनि मंगलबार नारायणगढ मुग्लिन सडकखण्डको अनुगमन गरेका छन् । टोलीले १५ किलो भन्ने ठाउँसम्म अनुगमन गर्न पुगेका थिए ।

नारायणगढ मुग्लिन सडकखण्ड लामो समय देखी सडक बिस्तारकै भए पनि सम्पन्न भैसकेको छैन । मुख्यमन्त्रीले किन ढिलो सडक बिस्तार भएको भनी अहनुगमन गरेका थिए । मुखमन्त्रीले उक्त सडक खण्ड ढिलो बिस्तार भएकोले यात्रु मारमा परेको भन्दै आफै अनुगमनमा पुगेको हो । मुख्यमन्त्री पौडेलले त्यहाँ पुगेर छिटो काम गर्न समेत आयोजना प्रमुख गोविन्द खनाललई निर्देशन दिएका छन् । आयोजना प्रमुख खनालले ७५ प्रतिशत काम सम्पन्न भैसकेको मुख्यमन्त्रीलाई जानकारी समेत दिएका छन् ।

त्यसै क्रममा मुख्यमन्त्री पौडेलले दासढुङगामा रहेको मदन भण्डारी र जिवराज आश्रतिको शालिकमा माल्यार्पण गरेका छन् । हुनत दोस्रो दिनमानै मुख्यमन्त्री पौडेल सडकको अनुगमन गर्न निस्किए पनि बाँकी समयको मुल्याङकन हुन बाँकी नै छ ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण ०१, २०७४ समय : २२:१८:०५ 39 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi