राजिनामा नदिएसम्म कामचलाउ हुँदैन : सूचना तथा सञ्चारमन्त्री

पहिलोपेज

काठमाडौं, १ फागुन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभाको लागि सरकारले मनोनित गरेका तीन जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने विश्वास दिलाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले सरकारले मनोनित गरेका राष्ट्रिय व्यक्तिहरु क्रमशः गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष पठाईसकेकोले उक्त नाम अनुमोदित हुने स्पष्ट पारे ।

साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार हिजो गठन हुँदा जुन अवस्थामा थियो अहिले पनि त्यही हैसियतमा रहेको जिकिर गरे । उनले भने, ‘राजिनामा नदिएसम्म कामचलाउ हुँदैन । प्रधानमन्त्रीले राजिनामा दिएपछिमात्रै कामचलाउ हुन्छ ।’

बस्नेतले प्रधानमन्त्रीले गरेका सिफारिशहरुलाई राष्ट्रपतिले अस्विकार गर्नै नमिल्ने जिकिर गरे । उनले थपे, ‘यदि प्रधानमन्त्रीले संविधानसम्मत रुपमा गरेका सिफारिशहरुलाई राष्ट्रपतिले अस्विकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो नि । मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ ।’

मन्त्री बस्नेतले एमाले अध्यक्ष ओलीसहित कतिपय शीर्ष नेताहरुले आफूहरुले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति कडा आक्रोश पोखे । उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीले गरेको मनोनित मान्दैनौं भनेको सुनियो, पार्टीको बैठकले वा मुखले आफू अनुकुल भनेर हुँदैन नि, लहडमा बोल्ने काम हिजो पनि भएको थियो, हामीले त संविधान अनुसार काम गरिरहेका छौं ।’

‘क्याविनेटले संविधानसम्मत गरेका निर्णयहरु मान्दैनौं भन्ने कुरा पनि शोभनीय हुन्छ र ?’ उनले थपे, ‘यस्तै गर्ने हो भने संविधानको विपरित हुन्छ । हामीले त संविधानले निर्दिष्ट गरे अनुसार नै आफ्नो कामहरु गरिरहेका छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै राजिनामा दिने पनि उनले विश्वास दिलाए । बस्नेतले भने, ‘हामी चाँडोभन्दा चाँडो नै सत्ताबाट बाहिरिन चाहन्छौं । प्रधानमन्त्रीको राजिनामाको लागि अब धेरै दिन कुर्नुपर्ने छैन ।’ यद्धपी उनले आफूहरु मुलुकमा संवैधानिक भ्याकुम नआओस् भन्नेतर्फ पूर्ण रुपमा सचेत रहेको सुनाए ।

मन्त्री बस्नेतले थपे, ‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भयो । हामीले संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पारेका छौं । अब मुलुक समृद्धितर्फ अघि बढेको छ ।’ कांग्रेसले मुलुकलाई सही दिशातर्फ डोर्याउन जहिल्यैपनि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाई थियो ।

उनले आफूहरु अब जिम्मेवार प्रतिपक्षको भूमिकामा खरो उत्रने पनि स्पष्ट पारे । यद्धपी उनले सरकारले देश र जनताको पक्षमा गर्ने सबै खाले निर्णयहरुलाई कार्यान्वयन गराउन रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न कांग्रेसले जहिल्यैपनि तयारी अवस्थामा रहेको सुनाए । मुलुकमा ठूला ठूला परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकोले कांग्रेसबाहेक अरुले केही गर्न नसक्ने उनको ठोकुवा थियो ।

फरक प्रसँगमा मन्त्री बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस)ले चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउने विश्वास दिलाए ।
राजिनामा नदिएसम्म कामचलाउ हुँदैन ः सूचना तथा सञ्चारमन्त्री

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण ०१, २०७४ समय : १५:३६:५८ 67 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi