रहर र लहडका भरमा क्रान्ति हुँदैन : प्रचण्ड

पहिलोपेज


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नै एमालेसँगको पार्टी एकता टुंगो लाग्ने बताएका छन् । २३ औँ जनयुद्ध दिवसका अवसरमा वाइसिएल नेपालले आयोजना गरेको कार्यक्रममा उनले पार्टी एकतालाई आज नै टुंगो लागाउन एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच कुराकानी भइरहेको बताएका हुन् ।

नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको ऐतिहासिक महत्व र भूमिका छ भनेर ओलीजीले पनि स्वीकार्नुभएको छ । उनले थपे, आजकै दिन जनयुद्ध दिवसकै दिन पार्टी एकतालाई टुंग्याउन सकियो भने मलाई खुसी हुन्छ भनेर हामीले भनेका छौं र हाम्रो कोसिस छ, सकेसम्म आज नै टुंगोमा पुगोस् । उनले विप्लव र वैद्यलाई पनि पार्टी एकतामा आउन आग्रह गरे ।

विप्लवप्रति संकेत गर्दै प्रचण्डले भने, जनतामा आफ्ना कुरा नराखी रहर र लहडका भरमा क्रान्ति हुँदैन । घटना घटाएर मात्र क्रान्ति हुँदैन । समृद्धि र समाजवादलाई पूरा हुन नदिन देशी विदेशी साम्राज्यवादीहरू लागेका हुनाले कम्युनिस्ट एकता आजको आवश्यकता भएको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण ०१, २०७४ समय : १५:२१:२१ 106 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi