भलिवलको उपाधी दीपशान्ती वी लाई, सरकारले अस्थाई मुकाम तोक्दा विवेक गुमायो : महरा

नारायण भण्डारी

तुलसीपुर ।
तुलसीपुर उपमहानगर स्तरिय युवा सञ्जालको आयोजनामा भएको खुला पुरुष भलिवलको उपाधी दीपशान्ती प्राविधिक शिक्षालय तुलसीपुरको वी समूहले हात पारेको छ । शनिबार भएको फाइनल खेललमा दीपशान्ती ए लाई पराजीत गर्दै वी समूहले प्रतियोगिताको उपाधी जितेको हो ।

वेस्टअफ पाइभमा खेलाइएको प्रतियोगितामा प्रथम भएको ए समूहले तीन वटा सेट जितेको छ भने सेमीमाइनलमा पराजीत भएको ए समूहले एकवटा मात्रै सेट जितेर दोश्रो स्थानमा चित्त बुझाएको छ । प्रथम भएको दीपशान्तीको वी मूहले नगद ६० हजार सँगै शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै दोश्रो भएको ए समूहले नगद ३५ हजार, मेडल, प्रमाणपत्र र लिल्ड हात पारेको छ ।

दाङ सहित छिमेकी जिल्लाका १० वटा समूह सहभागी प्रतियोगितामा जनदेउाली युवा क्लव संक्रम तेश्रो भएको छ । उसले नगद २० हजार सहित मेडल, प्रमाणपत्र र लिल्ड प्राप्त गरेको छ । जनदेउराली युवा क्लवलले न्यु स्टार एकाडेमीलाई हराउँदै तेश्रो स्थान प्राप्त गरेको खेल संयोजक कमल खत्रीले जानकारी दिए ।

२५ गते देखि अरनीको मैदान तुलसीपुरमा सुरु भएको प्रतियोगिता जिल्लाका लागि हालसम्मकै ठूलो राशीको भएको आयोजकको दावी छ । प्रतियोगितामा राष्ट्रिय रेफ्रि यमन सलामी मगरले मुख्य रेफ्रि र क्षेत्रीय रेफ्रि टेकेन्द्र बुढाथोलीले सहायक रेप्रिको भुमिका निर्वाह गरेका थिए । प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका सहित विभिन्न संघ÷संस्था तथा ब्यक्तिहरुको सहयोगमा सञ्चालन गरिएको थियो ।

सरकारले अस्थाई मुकाम तोक्दा विवेक गुमायो : महरा

प्रतिनिधीसभा सदस्य कृष्णबहादुर महराले सरकारले प्रदेशको अस्थाई मुकाम तोक्दा विवेक गुमाएको बताएका छन् । युवा सञ्जालको आयोजनामा तुलसीपुरमा भएको खुला पुरुष भलिवल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै महराले प्रदेश केन्द्र तोक्दा सरकारले ठुलै कमजोरी गरेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि महराले दाङ सबै दृष्टीले उत्तम भएकाले ५ नंं प्रदेशको केन्द्र यहाँ राख्ने बिषयमा सहमती भइसकेको अवस्थामा कतैबाट निर्देशीत भएर सरकाले बुटवललाई केन्द्र बनाउने निर्णय गरेको बताए । उनले सरकारले तराईमा तोकेका ४ वटा प्रदेश केन्द्र शुरक्षाका दृष्टीले उच्च जोखिममा रहेको भन्दै सरकारले गरेको यो निर्णयको आफूले सधै बिरोध गर्ने बताए ।

महराले प्रदेश राजधानीका बिषयमा आगामी दिनमा विवेक सम्मत निर्णय गर्ने बताए । फरक प्रसङ्मा उनले जनताको भावना बाम एकता होस् भन्ने रहेको भन्दै महराले ढिलो चाँडो एमाले र माओवादी बीचको एकता हुनेमा ढुक्क हुन आग्रह गरे । उनले दाङको विकासका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको बताए ।

युवा सञ्जालका सदस्य दुजमान भण्डारी बर्षादको सञ्चालनबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रियसभा सदय कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका कार्यवहाक प्रमुख माया आचार्य लगायतले खेलको विकासका लागि आपूmहरु प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रम तुलसीपुर नगर युवा सञ्जाल तुलसीपुरका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।।

प्रकाशित मिति : शनिवार, माघ २७, २०७४ समय : १८:३२:०३ 71 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi