लगातार पिसाब लाग्ने समस्या छ भने खजूर खाने गर्नुस्

पहिलोपेज


तपाईलाई थाहा नै होला खजूर एक राम्रो पौष्टिक फल हो । यो मानव स्वास्थ्यका लागि निकै नै लाभदायक हुन्छ । पौष्टक फल भन्ने बित्तिकै यो लाभदायक हो भन्ने बुझ्न सकिन्छ । आइरन क्याल्सियम, पोटासियम आदि पोषक तत्वहरु यसभित्र प्रयाप्त मात्रामा पाईन्छन् ।

यसलाई दूधमा भिजाएर खाने हो भने स्वास्थ्यलाई धेरै नै फाइदा गर्छ । पौष्टिक तत्व भएको खजूरका फाईदाहरु के के छन् ? हामीले तल उल्लेख गरेका छौँ ।
– उच्च रक्तचापका बिरामी बाहेक अरुले खजुरलाई हरेक बिहान नास्तासँग खान सकिन्छ ।
– ५ ओटा खजूरलाई एक गिलास दुधमा राखेर १० मिनेट मन्द रापमा धेरै बेरसम्म उमालेपछि त्यो दुधलाई पिउनाले शरीर सुसंगठित हुन्छ ।
– कसैलार्ई लगातार पिसाब लाग्ने समस्या छ भने त्यस्ता व्यक्तिले दिनमा दुई ओटा खजूर खानाले त्यो समस्या ठिक हुन्छ ।
– गर्भवती महिलाले खजूर खानाले तागत आउँछ भने शरीरमा रगतको कमी हुन दिदैन ।
– शरीरमा आलस्यता वा थकान महशुस भएको बेला खजूर खाँदा शरीरमा उर्जा प्राप्त हुन्छ ।
– तपाईको बच्चा सानो कुरामा पनि डराउँछ भने उसलाई दुधमा खजूर मिसाएर बिहान बेलुका खुवाउँदा यस्तो समस्या हट्छ ।
– श्वास प्रश्वासमा समस्या भएमा खजूर खानाले यो समस्या कम हुन्छ ।
– रुघाखोकीले समय–समयमा सताउँछ भने केही दाना कालो मरिच, एक चम्चा घ्यू र एक चम्चा अलाइचीलाई उमालेर पिउँदा रुघाखोकी निको हुन्छ ।

प्रकाशित मिति : शनिवार, माघ २७, २०७४ समय : ८:४९:४० 111 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi