ब्लड ग्रुपको माध्यमबाट व्यक्तिको स्वभावका बारेमा जानकारी

पहिलोपेज

काठमाडौं । माथि हेडलाईन हेर्दा तपाईलाई अचम्म लागेको हुन सक्छ । ब्लड ग्रुपले मानिसको स्वास्थ्य अवस्था बारे जानकारी त दिन्छ । तर स्वभावबारे पनि जानकारी देला र ? भन्ने लाग्यो होला । हो, यसले मान्छेको स्वभाव पनि बताईदिन्छ ।

 

क्यानेडियन नेचुरोपेथिक डाक्टर जेम्स डी एडमाओ र उनका छोरा पिटर डी एडमाओले गरेको अध्ययनमा उल्लेख गरिए अनुसार ब्लड ग्रुपको माध्यमबाट व्यक्तिको स्वभावका बारेमा समेत जानकारी दिन सकिन्छ ।

 

मानिसको व्यक्तित्व, काम, रोजाई र जीवनसँग सम्बन्धित जानकारी ब्लड ग्रुपले दिन्छ । तपाईले हेक व्यक्तिको स्भावभा फरक फरक देख्नु भएको त होला । उनीहरु फरक फरक ब्लड ग्रुप भएका हुन्छन् । एउटा कुरा थाहा पाई राख्नुस्, जापानमा केटा र केटीको ब्लड ग्रुप अनुसार नै जीवनसाथी चयन गरिन्छ ।

 

केही एसियाली देशहरूमा त झन व्यक्तिको स्वभाव उसको ब्लड ग्रुपबाट पत्ता लगाउन सकिने मान्यता रहेको छ । अब हामी यहाँ कुन ब्लड ग्रुप भएका मानिसको कस्तो स्भाव हुन्छ भन्ने बारे जानकारी दिदैछौँ ।

 

ए ग्रुप :

– यो ब्लड ग्रुप भएका मान्छे राम्रो रोल मोडेल बन्ने गर्दछन् । किनकी उसमा सफलता हासिल गर्ने क्षमता अधिक हुन्छ ।

– यो ग्रुपका मानिसले सबैलाई सँगै लिएर हिँड्न रुचाउँछन् ।

– व्यक्तिको स्वभाव कोमल, जिम्मेवार, संवेदनशील र जीवनमा राम्रो साथी बन्ने गर्छन् ।

– आफूभन्दा पहिले अर्काको बारेमा सोच्ने गर्छन् ।

– यो ग्रुपका मानिस धेरै सोच्ने हुन्छन् जसले गर्दा तनावमा पनि धेरै पर्छन ।

 

एबी ग्रुप :

– एबी ब्लड ग्रुपका व्यक्ति निकै शान्त स्वभावका हुन्छ । यिनीहरु निकै स्मार्ट र इन्टेलिजेन्ट हुन्छन् ।

– सजिलै अरुमाथि विश्वास गर्दैनन् । यिनीहरू राम्रो र विश्वासिलो साथी बन्ने गर्छन् ।

– यो ब्लड ग्रुप भएका व्यक्तिहरु निकै सफा मनका हुन्छन् । जस्तो भित्री सोच हुन्छ त्यस्तै दर्शाउने गर्छन् ।

 

बी ग्रुप :

– टाइप बी ब्लड ग्रुप भएका मानिस जो सँग पनि चाँडै घुलमिल गर्न सक्ने अर्थात मिलनसार क्षमताका हुन्छन् ।

– यो ग्रुपका मानिस निकै मिहेनती हुन्छन् । जीवनमा सबै काम आफ्नै मिहिनेतले प्राप्त गर्न चाहन्छन् ।

– यो ग्रुप भएका व्यक्ति सत्य बोल्नमा विश्वास राख्छन् । यिनीहरू निकै जिद्दी पनि हुन्छन्, जसले गर्दा सजिलै कसैको पनि कुरा मान्दैनन् ।

 

टाइप ओ :

– ओ ब्लड ग्रुप भएका मानिस निकै सकारात्मक विचार र आत्मविश्वासी हुन्छन् । यिनीहरूमा एक राम्रो लिडर बन्ने गुण हुन्छ ।

– यस ग्रुपका व्यक्ति निकै मिहिनेती पनि हुन्छन् । यिनीहरूमा सबै भन्दा बढी सफलता हासिल गर्ने क्षमता हुन्छ ।

– ओ ब्लड ग्रुपका व्यक्तिले अरुलाई खुशी राख्नमा बढी विश्वास गर्छन् ।

प्रकाशित मिति : शनिवार, माघ २७, २०७४ समय : ८:४४:१६ 125 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi