तपाईको आज : २०७४ साल माघ २७ गते शनिवार

पहिलोपेज

मेष
घर परिवारमा झै–झमेलाको अवस्था आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दैनिक कार्यमा ढिलासुस्ती हुनेछ । मध्य साता बाट अधुरा कार्यहरु पुरा हुनेछन् । राष्ट्रिय भावनाको विकास हुनेछ । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतः प्रेममा सफलता प्राप्तिको योग छ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कालभैरवको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
पारिवारिक सद्भाव बढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । राजननितक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । टाढिएका मित्रसँग नजिकिने समय छ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मिथुन
मनेरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । शैक्षिक भ्रमणको अवसर प्राप्त हुनेछ । साताको अन्त्यमा घरायसी विवाद बढ्नेछ । फलदायी यात्रा नरहला । मित्रसँगको सम्बन्धमा उल्झन आउनुका साथै प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग सेतो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट
समाजमा बोलीको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बटुकभैरवको दर्शनगरी आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
यात्रामा सावधानी अपनाउनु पर्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साताको उत्तरार्ध बाट सामाजिक कार्यमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेमी÷प्रेमिकाका घर परिवार बाट केहि अफ्ठ्यारा परिस्थितीहरु सिर्जना हुनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्टदेवताको स्मरण गरी आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्यहरु अघि बढ्नेछन् । प्रेमी÷प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग केशरी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मंगल कार्यको योगछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । मध्य साता बाट लेनदेनमा विवाद बढ्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ । विपरीत वर्गप्रति आकर्षण बढ्दै जानेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व सिद्धि विनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

वृश्चिक
जोश जाँगर र हिम्मत बढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । राष्ट्रिय भावनाको विकास हुनेछ । आकस्मिक धन लाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । साथीभाईसंग समय बित्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो कुलदेवताको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु
व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । मध्य साता बाट राजनैतिक कार्यमा सफलता मिल्नेछ । नवीन कार्यको सुरुवात हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि समय राम्रो छैन प्रेममा धोका मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मकर
लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान्यजनको सहयोग मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । स्वादिष्ट भोजन मिल्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने सम्भावना छ । प्रणयप्रसङ्गमा नयाँ जोडी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग घिउरङ्क वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कुम्भ
आतिथ्यपूर्ण सम्मान पाइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । बैदेशिक कार्य अघि बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । मध्य साता बाट सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । प्रेमी÷प्रेमिकाका बिच केहि अफ्ठ्यारो परिस्थितीहरु सिर्जना हुनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग वैजनी वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आभूषण, श्रृङ्गार, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

प्रकाशित मिति : शनिवार, माघ २७, २०७४ समय : ८:२२:३९ 135 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi