दाङ महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनीको तयारी तीव्र

पहिलोपेज

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले फाल्गुन ३ गतेदेखि १३ गतेसम्म घोराही उपमहानगरपालिका १५ मा आयोजना गर्ने महोत्सवस्थलको निमार्ण कार्य तथा स्टल बुकिङ धमाधम सुरु भएको जनाएको छ । संघका अध्यक्ष एवं दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रर्दशनी २०७४ मूल आयोजक समितिका संयोजक नारायणप्रसाद भुसालले त्यस्तो जानकारी दिएका हुन् ।

महोत्सव तथा प्रदर्शनीलाई सफल बनाउन गठित विभिन्न उपसमितिहरुले आआफनो कामलाइ तीव्रता दिएका छन् । यसैबीच दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ लाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न महोत्सव सुरक्षा व्यवस्थापन समिति बिस्तार गरिएको छ ।

महोत्सवलाई सफल पार्न सुरक्षा समितिको अत्यन्त महत्वपूर्ण भूमिका रहने भन्दै महोत्सवलाई सफल पार्न सुरक्षा उपसमितिमा जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, जिल्ला र वडा प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला ट्राफिक कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द« सदस्य रहेका छन् । यसैगरी उपसमितिमा तारा अधिकारी, नारदमणि पोख्रेल, मीनराज घिमिरे, टेकनाथ आचार्य, मधुसूदन रावत, श्रीधर पोख्रेल, सरोज शाह, दीपक श्रेष्ठ, तीर्थराज आचार्य, हिरा केसी, प्रेम खडका, नरबहादुर अधिकारी र गंगा श्रेष्ठ रहेका छन् ।

उपसमितिले महोत्सव अवधिभर सुरक्षा प्रदान गर्नेछ । त्यस अवसरमा बोल्दै महोत्सव मूल आयोजक समितिका संयोजक नारायणप्रसाद भुसालले दाङ उद्योग वाणिज्य संघले लगाउँदै आएको महोत्सवले दाङमा विश्वका होचा व्यक्ति चन्द«बहादुर डाँगी, विश्वकै होची महिला ईश्वरीमाया छिनाल जस्ता लुकेर रहेका प्रतिभाहरुलाई अन्तर्राष्ट्रियरुपमा पहिचान दिलाउन, शहीद गेट निर्माण तथा मह तथा अल्लो जस्ता व्यवसायलाई बाहिर ल्याउन सफल भएको बताए ।

यसपटकको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी २०७४ का अवसरमा लघुउद्यमको प्रवद्र्धन तथा स्थानीय कला सँस्कृतिको प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने महोत्सव मूल आयोजक समितिका सहसंयोजक बसन्त जोशीले बताए । महोत्सव सुरक्षा व्यवस्थापन समितिका संयोजक छविनारायण गिरीको अध्यक्षता एवं दाङ उद्योग वाणिज्य संघका अधयक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक नारायणप्रसाद भु्साल, सहसंयोजक बसन्त जोशी एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

यसैबीच आजै साँस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक मीनराज भाटको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । त्यस अवसरमा युगल नृत्य प्रतियोगिता, सारङगी प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, दङगाली तारा गायन प्रतियोगिता, प्रदेशस्तरीय खुल्ला लोकनृत्य प्रतियोगिता सञ्चालन गर्ने साँस्कृतिक उपसमितिका टंकसिह बुढाथोकीले जानकारी दिए ।

यसैबीच आजै साहित्यिक उपसमितिका संयोजक मायाकुमारी पोख्रेलको अध्यक्षतामा बसेको साहित्यकारहरुको बैठकले विभिन्न निर्णयहरु गरेको छ । आजको बैठकले खुल्ला कविता प्रतियोगिताका लागि पाँच नम्बर प्रदेशको सबै जिल्लामा रहेका साहित्यकारहरुको रचना उपलब्ध गराउने निर्णय गर्दै कबिता प्रतियोगिताको आव्हान गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले खुल्ला कबिता प्रतियोगिताको लागि यही माघ २४ गतेसम्म, १५० शब्दको कबिता हुनुपर्ने निर्णय गरेको छ । उपलब्ध रचनालाई छनौट गर्नका लागि निर्णायक समिति गठन गर्ने र छनौट गरिएका रचनालाई मात्रै बाचन गर्न दिने समेत निर्णय गरिएको छ ।

यसैगरी जिल्लास्तरीय बालकबिता प्रतियोगिता पनि आयोजना गरिने बताइएको छ । कविता कुन विषयबस्तुमा लेख्ने भन्ने विषयमा तत्कालै निर्णय गरिने बताइएको छ । छनोट भएका कविताहरुलाई आफै वाचन गर्न दिने, कविता प्रतियोगिताको लागि विद्यालयले कक्षा १ देखि ८ सम्मका छात्रछात्रा १/१ जना सिफारिस गरेर माघ २९ गतेसम्म पठाई सक्नु पर्नेछ ।

त्यस्तै ५ नं प्रदेशस्तरीय खुल्ला गजल प्रतियोगिता हुने भएको छ । गजलकारहरुले पनि माघ २९ गतेसम्म गजल उपलब्ध गराई सक्नुपर्ने र उत्कृष्ट १० गजलहरुलाई वाचनको लागि समय दिइने बताइएको छ ।

त्यस्तै कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । विद्यालयबाट सिफारिस भएका विद्यार्थीहरुलाई मात्र सहभागी गराइने भएको छ । वक्तृत्वकलाको विषयबस्तु (दाङको विकासमा पर्यटक) राख्ने निर्णय गरिएको छ । प्रतियोगिताको लागि विद्यालयले छात्रछात्रा गरेर २ जनासम्म सिफारिस गरेर पठाउन सकिने छ ।

यसैगरी जिल्लाका साहित्यकारहरुको लागि रचना वाचन कार्यक्रमको लागि समय माग गर्ने र अग्रजहरुलाई रचना उपलव्ध गराउनका लागि अनुरोध गर्ने निर्णय भएको छ । साहित्यिक उपसमिति अन्तर्गत गरिने कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि व्यापक समन्वय गरेर जाने तथा रचना माग गर्दा दाङ जिल्ला उद्योग वाणिज्य संघका संयोजक वा सहसंयोजक अथवा सदस्य सचिवसँग सम्पर्क गरेर इमेलबाट वा हस्तलिखित रुपमा उपलब्ध गराउन सकिने जानकारी गराएको छ ।

प्रकाशित मिति : शनिवार, माघ २०, २०७४ समय : ०:०६:१३ 183 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi