मावि भालुबाङको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा केसी

भानु जीएम

दाङ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय राप्ती गाउँपालिका– १, भालुबाङमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष खिमविक्रम शाहको अध्यक्षता, जिल्ला शिक्षा कार्यालय दाङका प्रतिनिधि एवं लालमटिया स्रोत केन्द्रका स्रोतव्यक्ति राजेन्द्र घिमिरेको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष ताराबहादुर डीसीको विशिष्ट आतिथ्यतामा आज सम्पन्न अभिभावक भेलाले नरबहादुर केसीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यहरुमा अभिभावक मध्येबाट गेमबहादुर खड्का, तेजबहादुर पुन, रेखा गुप्ता र गङ्गा गिरी रहेका छन भने शिक्षाप्रेमीबाट विन्दु घिमिरे र शिक्षक प्रतिनिधिमा यशोदा पुन रहेका छन् । त्यसैगरी राप्ती गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष ताराबहादुर डीसी पदेन सदस्य रहेका छन् ।

२०७३ भदौ १६ गते सम्पन्न अभिभावक भेलाबाट ४ जना सदस्य छनौट भई जेष्ठ सदस्यको अध्यक्षतामा बसेको वैठकबाट २ जना सदस्य समेत मनोनीत गरिएको अवस्थामा अध्यक्षमा सहमति नहुँदा विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन सकेको थिएन ।

यही २०७४ माघ ११ गते बोलाइएको अभिभावक भेला कोरम नपुगेको भन्दै स्थगित गरिएको थियो । सबै पक्षको प्रयासपछि विद्यालय व्यवस्थापन समिति गठन गर्न सम्भव भएको हो । विव्यसको अध्यक्ष चयन भएपछि अध्यक्ष नरबहादुर केसीले विद्यालयलाई २ वर्षभित्र प्लस टु बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : शुक्रवार, माघ १९, २०७४ समय : २३:०४:५३ 221 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi