महिलाहरु भान्साबाट सडकमा, ‘काली’ बन्ने चेतावनी

नारायण भण्डारी

तुलसीपुर ।
सरकारले प्रदेश नं. ५ को अस्थाई राजधानी बुटवललाई घोषणा गरेसँगै दाङमा पाँच दिन देखि अघि सुरु भएको आन्दोलनमा शनिबार महिलाहरु पनि होमिएका छन् । आन्दोलमा शनिबार तुलसीपुर क्षेत्रका महिलाहरु भान्सामा प्रयोग हुने भाँडाहरु सहित सडकमा आएका हुन् । थाली, प्लेट, चम्चा, डेक्ची लगायतका भाँडा बजाउँदै सडकमा उत्रेका महिलाहरुले दाङ राजधानी हुन नदिनेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिएका छन् ।

तुलसीपुरको बजार परिक्रमा पछि बिरेन्द्र चोकमा आयोजित कोणसभामा बोल्ने महिला नेतृहरुले दाङ केन्द्रीय राजधानीका लागि उत्तम भएपनि प्रदेशको राजधानी समेत हुन नदिने षड्यन्त्र गर्ने बिरुद्ध खनिएका थिए । उनीहरुले दाङलाई प्रदेश राजधानी घोषणा नगर्ने नेपाली काङ्ग्रेस नेतृत्वको सरकार, असहयोग गर्ने केही नेता र जनता आन्दोलीत हुँदा पनि रमिते बनेका जनप्रतिनिधीहरुलाई खवदारी गरेका थिए ।

महिला यहाँका सबै राजनैतिक दलहरुको घोषणापत्रमा दाङलाई प्रदेशको राजधानी बनाउने कुरा उल्लेख रहेको भन्दै निर्बाचीत सांसद र उमेदवा उठेर पराजीत भएकाहरुलाई जनतालाई साथ दिन सडकमा आउन आग्रह गरेका थिए ।

२०६२÷०६३ को जनआन्दोलनमा महिलाहरुको निर्णायक भूमिका रहेको स्मरण गराउँदै उनीहरुले घर गृहस्थी सम्हालेका महिलाहरुलाई देवीको रुपमा मात्र नहेर्न आग्रह गर्दै आवश्यक परे काली बन्न तयार रहेको उद्घोष गरेका थिए । उनीहरुले सरकारले ७ प्रदेश मध्य ५ वटा प्रदेशको अस्थाई मुकाम अन्तराष्ट्रिय सीमा नजिक तोकर राष्ट्रियतालाई कमजोर पार्ने काम गरेको बताएका थिए ।

कोणसभालाई महिला अधिकार कर्मी शुष्मा गिरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का सदस्य साबित्रा गुरुङ्, वडा नं. ९ कि सदस्य मिना वादी, तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य सपना बस्नेत, नगर महिला सञ्जालका संयोजक यमुना परियार, नेकपा एमालेकी पबित्रा केसी, नेपाली काङ्ग्रेकी चित्रा गिरी, नेकपा माओवादी केन्द्रकी राधिका परियार, वादी महिला दाङका संयोजक सितारा नेपाली लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार महिला निरला आर्याल गैरेले गरेकी थिइन् ।

प्रकाशित मिति : शनिवार, माघ ०६, २०७४ समय : १९:३३:१४ 137 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi