यस्ता एजेण्डामा छलफल गर्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच ओली निवास बालकोटमा छलफल शुरु भएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले छलफलको क्रममा दुई पार्टीले गठन गरेको संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचनको विषयमा विशेष छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै, प्रदेश सरकारको गठन सम्बन्धी रिपोर्ट र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाबारे पनि छलफल हुँदैछ । आजकै छलफलमा पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति : शनिवार, माघ ०६, २०७४ समय : १६:४४:०६ 159 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi