चोरी गर्ने बालक समान सहित सार्बजनिक

नारायण भण्डारी

तुलसीपुर ।
तुलसीपुरको एक मोवाइल पसलमा चोरी गर्ने बालकलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । बिपीचोक नजिकै रहेको सगरमाथा इलेक्ट्रोनिक्स पसलमा चोरी गर्ने तुलसीपु उपमहानगरपालीका १० गोलौरीका १७ बर्षिय शिवराज चौधरीलाई प्रहरीले बिहिबार चोरी गरेको समान सहित सार्बजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरीले बिभिन्न कम्पनीका र मोडलका मोवाईल फोन, पेनड्राइभ, मेमोरी कार्ड, , ब्याट्री र नगद १ हजा ६ सय १५ रुपैयाँ सहित बालकलाई सार्बजनिक गरेको छ । चौधरीले बिहिबार विहान ४ बजेको समयमा पसलको ताला काटेर नगद सहति २ लाख ३६ हजार ६ सय ६५ रुपैयाँ बराबरको चोरी गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाले जनाकारी दिए ।

चोरी गरिएका समानहरुको बिबरण (प्रहरीले तयार पारेको)

पसलमा जडान गरिएको सिसी क्यामेराको फुटेजमा हेर्दा चोरी गर्ने बालकको पहिचान भएको र इलेक्टोनिक्स व्यवसायीहरुको सक्रियतामा खोजी गर्दै जाँदा वालकलाई तुलसीपुर १८ बिजौरी दुन्द्रागाउँ मामाको घरबाट पक्राउ गरिएको डिएसपी सापकोटाले बताए । चोरीमा संलग्न बालकलाई इलाका प्रहरी कार्यालयमा राखिएको र शुक्रबार म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

नेपालको कानुनले १६ बर्ष सम्मको नागरिकलाई बालवालिका मानेपनि अन्तराष्ट्रिय वाल अधिकार महासन्धीले भने १८ बर्ष सम्मकोलाई बालबालिका भनेको छ । नेपालले पनि सो महासन्धीमा हस्ताक्षर गरेका कारण १८ बर्ष सम्मकोलाई बाल बालिका मान्ने गरिएको छ, तर १४ बर्ष मथिका वालवालिकाले अपराध गरेको खण्डमा भने सजाय दिन सकिने व्यवस्था रहेको छ ।।

प्रकाशित मिति : बिहिवार, माघ ०४, २०७४ समय : १९:१८:४३ 166 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi