धुमधामसँग मनाइयो प्रतिष्ठा एकेडेमीको १० औं वार्षिकोत्सव

भानु जीएम

दाङ । प्रतिष्ठा एकेडेमी गढवा– १, कालाकाटे दाङको १० औं वार्षिकोत्सव कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ । विद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्र पुरीको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि जनता मावि कालाकाटेका प्रधानाध्यापक लोकेन्द्र केसी र आदर्श प्रावि बडहराका प्रअ ओमबहादुर मगरले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न पुरस्कार समेत वितरण गरिएको थियो । जसअनुसार अन्तरविद्यालय शिक्षक दौडमा प्रथम वीर पुन, द्वितीय दीपेन्द्र महरा र तृतीय सुनिल पुन भएका थिए । त्यसैगरी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम प्रतिष्ठा एकेडेमी कालाकाटे, द्वितीय डिवेल बोर्डिङ स्कुल महदेवा र तृतीय आदर्श प्रावि बडहरा भएका थिए । त्यसैगरी अभिभावकतर्फ बोरा दौडमा प्रथम रेखा क्षेत्री, द्वितीय रश्मी भट्टराई र तृतीय शिवा रखाल भएका थिए ।

त्यसैगरी अन्तरविद्यालय हिसाब दौडमा प्रथम डिवेल बोर्डिङ स्कूलका सुमन बसेल, द्वितीय जनता मावि कालाकाटेका विक्रम कुमाल र तृतीय देउखुरी भ्याली बोर्डिङ स्कूलका समीर एमसी भएका थिए । त्यसैगरी विद्यालयमा चम्चा दौड, हिसाब दौड, कुर्सी दौड, तातो आलु, हाइजम्प, लङजम्प लगायतका खेलमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयकी शिक्षिका सञ्जु थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षकहरु रीता शर्मा रोका र डम्बर दर्लामीले गरेका थिए ।

विश्वास अधिकारीको नाममा अक्षय कोष स्थापना
यसैबीच गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले प्रतिष्ठा एकेडेमी स्कुलमा आफ्ना स्वर्गीय सुपुत्र विश्वास अधिकारीको सम्झनामा रु. ५१ हजारको अक्षय कोषको स्थापना गरेका छन् । अक्षय कोषमा राखेको रकमबाट आउने वार्षिक ब्याजदरबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अक्षय कोषका संस्थापक बाबुराम अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : सोमवार, माघ ०१, २०७४ समय : २०:२३:३७ 147 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi