वडा नं. ६ द्धारा न्यानो कपडा बितरण

पहिलोपेज

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गरेको छ । उपमहानगरपालिकाको कार्यक्रम अन्र्तगत वडाका ९ जना बृद्धबृद्धालाई न्यानो कपडा बितरण गरिएको वडा अध्यक्ष नवराज लामिछानले जानकारी दिए ।

वडाले शुक्रबार तुलसीपुर ६ गाईडहरमा एक कार्यक्रम गरी त्यहाँ वरपरका बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गरेको हो । अरनिको टोल विकास संस्थाका अध्यक्ष कमला जिसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष लामिछाने सहितको टोलीले न्यानो कपडा बितरण गरेको वडा सदस्य दुजमान भण्डारी बर्षतले जानकारी दिए ।

वडा नं. ६ ले ८० बर्ष नाघेका दलित र अन्य जातीको हकमा ८४ नाघेका तर न्यानो कपडा नपाएकाहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

महिलाहरुलाई जीवन उपयोगी सीप

तुलसीपुर ६ गोठलीगाउँमा जीवन उपयोगी शिक्षा शुरु भएको छ । वडा नं. ६ को सहयोगमा जनजीवन टोल विकास संस्थाले सो शिक्षा सुरु गरेको हो । गाउँका महिलाहरुलाई अधिकार, कर्तब्य, बैङ्क भौचर कसरी भर्ने लगायतका सीप सिकाइने वडा सदस्य भण्डारीले जानकारी दिए । विभिन्न आमा समूहमा आवद्ध ४० जना महिलाहरुलाई जीवनउपयोगी सीप सिकाइने उनले बताए ।

प्रकाशित मिति : शुक्रवार, पौष २८, २०७४ समय : १९:२९:३० 47 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi