वाम गठबन्धन कार्यदलको पहिलो बैठक सकियो, के के भए निर्णय ?

पहिलोपेज


काठमाण्डौं । वाम गठबन्धनको संयुक्त कार्यदलले औपचारिक रुपमा आफ्नो कार्य सुरु गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको कार्यदलको पहिलो बैठकमा राष्ट्रियसभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाकालगायतका विषयमा सामान्य छलफल मात्र भएको कार्यदल संयोजक एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डे र शंकर पोख्रेल तथा माओवादी नेता वर्षमान पुन उपस्थित हुन नसकेपछि शुक्रबार थप छलफल अघि नबढेको उनले बताए । बिहीबार आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेपछि कार्यदलको पहिलो बैठक शुक्रबार बसेको हो ।

कार्यदलले सहमति जुटाएका विषय एकता संयोजन समितिमा बुझाउने छ । पार्टी एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको दावी गर्दै आएको वाम गठबन्धनले नयाँ सरकार गठनअघि नै पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउने तयारी गरेको छ ।

नेम्वाङले आवश्यकता अनुसार २४ घण्टा काम गरेर भएपनि समयमा नै प्रतिवेदन बुझाउने जानकारी दिए । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाव, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणको लागि कार्यदल गठन गरेको हो । कार्यदलमा एमाले र माओवादीका तीन तीन सदस्य रहेका छन् ।

प्रकाशित मिति : शुक्रवार, पौष २८, २०७४ समय : १६:००:४८ 105 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi