फेसबुकले गर्दैछ ब्राण्ड र मिडिया फिल्डमा केहि परिवर्तन

पहिलोपेज

फेसबुकले समाचार, व्यापार, ब्राण्ड र मिडिया सम्बन्धि फिल्डमा केहि परिवर्तन गर्ने बताएको छ ।

फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी दिएका छन् । उनले आफ्नो पेजमा अब फेसबुकमा परिवारको सदस्य र साथीहरुको बीचमा हुने संवादलाई प्रथमिकता दिने सामग्रीहरुलाई बढावा दिने उल्लेख गरेका छन् ।

फेसबुकको माध्यमबाट आफ्नो पोष्ट र संगठनको लोकप्रियतालाई धेरै मानिसहरु बीचमा र्पुयाउने गतिविधिमा यो नयाँ परिवर्तनले कमि ल्याउनसक्ने फेसबुकले जनाएको छ ।

फेसबुको यो नयाँ परिवर्तन आउने साताबाट लागू हुने बताइएको छ । मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘हामीलाई धेरै प्रतिक्रिया आएको छ कि मिडिया, ब्राण्ड र बिजनेसको अत्याधिक पोस्टहरुले फेसबुकमा ति निजी पलहरु खोसिरहेको छ जसले हामीहरुलाई एकअर्कासँग जोड्न सक्छ ।’

यस परिवर्तनपछि फेसबुकमा समाचार तथा व्यापारिक विज्ञापनमा कमि आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : शुक्रवार, पौष २८, २०७४ समय : १५:१०:१८ 60 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi