सरकारले प्रदेश प्रमुख र प्रदेश अस्थायी केन्द्र तोक्न सकेन

पहिलोपेज


काठमाडौं । सरकारले सर्वाधिक चर्चाको रुपमा रहेको प्रदेश प्रमुख र प्रदेश अस्थायी केन्द्र तोक्न सकेन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ७ प्रदेशको प्रमुख र अस्थायी मुकाम तोक्ने भनिए पनि निर्णय गरेन ।

बैठकले नेपाली सेनाका उपरथी गौरव तन्दुललाई रथीमा बढुवा गर्दै संयुक्त राष्ट्र संघको फोर्स कमाण्डरमा प्रतिस्पर्धामा पठाउने निर्णय गरेको छ । यस्तै प्राविधिक महासेनानी गजेन्द्रराज शर्मालाई सहायक रथीमा बढुवा गरेको छ । नेपाल न्याय सेवा विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई पदस्थापन गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कर्मचारी स्वच्छिक अवकाश प्याकेजको घोषणा गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले जानकारी दिए । जसअनुसार सरकारले आजैदेखि कर्मचारी स्वच्छिक अवकासको प्रक्रिया थाल्ने छ । यसका लागि सामान्य प्रसाशन मन्त्रालयले स्वच्छिक अवकाससम्बन्धी सूचना राजपत्रमा आजै प्रकाशन गर्ने तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जानाएको छ ।

प्रकाशित मिति : शुक्रवार, पौष २८, २०७४ समय : १३:४९:१४ 189 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi