प्रचण्डले लेखे देउवालाइ यस्तो चिट्ठी

पहिलोपेज


काठमाण्डौं । सरकार छाड्दै छौं भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार प्रधानमन्त्रीलाई चिट्ठी लेख्दै छन् । प्रचण्डले लेखेको सो चिट्ठी लिएर माओवादी नेता गिरीराजमणी पोखरेल देउवा निवास जांदैछन् । प्रचण्डले आफ्ना पार्टीका मन्त्रीहरुलाई सरकारबाट फिर्ता गरिएको पत्र सरकारलाई पठाउने भएका हुन् ।

सो पत्र लिएर देउवा समक्ष जाने काम माओवादी मन्त्रीहरुका तर्पmबाट तत्कालिन स्वास्थ्यमन्त्री एवं हालका बिनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले पाएका छन् । माओवादी मन्त्रीले बिहीबारै प्रधानमन्त्री समक्ष सामूहिक राजीनामा बुझाउने तयारी गरेका थिए ।

विहिवार सार्वजनिक बिदा परेका कारण शुक्रावार राजीनामा बुझाउन लागिएको माओवादी नेताले जनाएका छन् । ‘सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाइएको सम्बन्धी प्रचण्डको पत्र हामी प्रधानमन्त्रीलाई बुझाउँदैछौं’, माओवादी नेताले भने ।

तर राजीनामा कतिवेला बुझाउने भन्ने भने निश्चित भएको छैन । वर्तमान सरकारमा माओवादीका ९ मन्त्री र ७ राज्यमन्त्री छन् । एमालेसँग तत्कालका लागि चुनावी तालमेल र पछि पार्टी एकता गर्ने गरी माओवादीले बाम गठबन्धन निर्माण गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बिना विभागीय बनाइदिएका थिए । तर निर्वाचन गराउने राष्ट्रिय कार्यभार रहेको भन्दै माओवादीले सरकार छाडेको थिएन ।

प्रकाशित मिति : शुक्रवार, पौष २८, २०७४ समय : १३:२०:३४ 80 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi