एमाले मुख्यालयमा रञ्जित तामाङ र पेरिसडाँडामा नविना लामा अनसन बस्ने

पहिलोपेज


काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)की उपाध्यक्ष पञ्चा सिंहले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता कसैले रोक्न नसक्ने बताएकी छिन् ।

क्रान्तिकारीको कैलाली जिल्ला समितिलाई प्रशिक्षण दिँदै सिंहले पार्टी एकताबाट भाग्ने छुट दुबै दलका नेतालाई नभएको बताएकी हुन् । उनले यदि कतैबाट एकता विथोल्ने प्रयास भए त्यसको प्रतिरोधमा उत्रने चेतावनी समेत दिइन् ।

‘एकता नहुने संकेत पाएको खण्डमा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ एमाले मुख्यालयमा अनसन बस्नुहुनेछ र नविना लामा पेरिसडाँडामा धर्ना बस्नुहुनेछ,’ उनले भनिन्, ‘हामीपनि नेताहरुलाई खबरदारी गर्न अनसन बस्न तयार छौं’ । युवा विद्यार्थीहरुको सपना वामपन्थीहरुको स्थायी सरकारले मात्र पुरा गर्ने भन्दै उनले अब देश समृद्धितर्पmको यात्रामा जाने दाबी गरिन् ।

प्रकाशित मिति : शुक्रवार, पौष २८, २०७४ समय : १३:१०:४८ 175 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi