प्रेमी तथा श्रीमानले माया गर्छन् कि गर्दैनन्, कसरी थाहा पाउने ? यस्तो आयो सूत्र– प्रेमिकाहरुले जान्नैपर्ने कुरा

एजेन्सी । साँचो माया गर्ने प्रेमीले तपाईंको जीवनमा दुःख आउन दिँदैन । र यस्ता व्यक्तिसँग तपाई सुखमय जीवन बिताउन सक्नुहुन्छ । तर यदि तपाईंलाई तपाईंको प्रेमीप्रति शंका छ भने उसले गरेको ब्यवहारबाट सजिलै उसको चरित्रलाई तपाईंले बुझ्न सक्नुहुन्छ । तपाईंको प्रेमीको माया साँचो हो वा होइन भन्ने कुरा निम्न ५ लक्षणबाट सजिलै छुट्याउन सकिन्छ ।

१. हरेक समय ख्याल राख्नु कि सुख र दुःख दुबै अवस्थामा तपाईंको प्रेमीले साथ दिन्छ । तपाईंको सुखमा सधैं खुशी हुन्छ । र सधैं तपाईंलाई खुशी राख्न चाहन्छ भने सम्झिनुहोस् तपाईंको प्रेमीले तपाईंलाई साँचो माया गर्छ ।

२. सबैलाई राम्रो व्यवहार गर्नु यदि तपाईंको श्रीमान वा प्रेमीले तपाईंको परिवार, साथीहरु सबैलाई राम्रो व्यवहार गर्छ र तपाईंको आँखामा सधैं राम्रो बन्न चाहन्छ भने पक्कै पनि उसले तपाईंलाई चोखो माया गर्छ ।

३. समय बिताउनु र हरेक समय तपाईंसँग बिताउन चाहन्छ । तपाईं उसको जीवनमा धेरैे महत्वपूर्ण व्यक्ति हो । तपाईंलाई हरेक समय उसले याद गर्छ र केही न केही समय तपाईंको लागि भनेर छुट्याउँछ भने यस्ता व्यक्तिलाई कहिल्यै पनि आफ्नो जीवनबाट टाढा जान नदिनुहोस् ।

४. अरुसामु परिचित गराउनु, अरुको अगाडि तपाईंलाई आफ्नो भन्नुमा डराउँदैन र सबैको अगाडि तपाईंलाई परिचित गराउँछ भने उसले तपाईंलाई चोखो माया गर्छ ।

५. इमान्दारितापूर्वक आफ्नो गोप्य कुराहरु तपाईसामु खोल्छ । तपाईंको भावनामाथि खेल्दैन । सधैं तपाईंलाई खुशी बनाउनको लागि प्रयास गरिरहन्छ भने, यस्ता व्यक्तिले गरेको माया साँचो हुन्छ । त्यसैले यस्ता व्यक्तिलाई सकेसम्म आफ्नो जीवनबाट टाढा जान नदिनुहोस् ।

प्रकाशित मिति : बिहिवार, पौष २७, २०७४ समय : २२:५२:३३ 156 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi