जनप्रिय सामुदायिक वनको १६ औं साधारण सभा

भानु जीएम

दाङ । जनप्रिय सामुदायिक वन उपभोक्ता समूह गढवा– १, कालाकाटे दाङको १६ औं साधारण सभा आज सम्पन्न भएको छ । जनप्रिय सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर योगीको अध्यक्षता र कालाकाटे वन महासंघका अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव हरि सुवेदीले वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा प्रमुख अतिथि नवराज शर्मा, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश सभासद महेशचन्द्र रिजाल, गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, आइ.आर.टी. पोष्ट कालाकाटेका इन्चार्ज सशस्त्र प्रहरी नायव निरीक्षक सन्तोष डीसी, जनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चित्र एमसी र खानेपानी समितिका अध्यक्ष ढकबहादुर महतरा लगायतले मन्तव्य राखेका थिए ।

साधारण सभामा ८ जना जेष्ठ नागरिक र ८ जना एकल महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सामुदायिक वन उपभोक्ता समूहकी कोषाध्यक्ष विष्णु बीसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव हरि सुवेदीले गरेका थिए ।

प्रकाशित मिति : बिहिवार, पौष २७, २०७४ समय : २०:२२:१३ 143 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi