‘तुलसीपुरको महोत्सव कुनै पनि हालतमा रोकिन्न’

को को ले दिए सहमती ?

नारायण भण्डारी

तुलसीपुर ।
राप्ती बहिरा संघले तुलसीपुरमा गर्ने भनिएको महोत्सव कुनै पनि हालतमा नरोक्ने भएको छ । संघले बिहिबार आफ्नै कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी महोत्सवको तयारी तिब्र गतिमा भइरहेकाले अब पछाडी हट्ने ठाउँ नभएको जनाएको हो ।

पत्रकार भेटघाटमा संघका कार्यकारी निर्देशक प्रतिमा शर्माले महोत्सव सञ्चालनका लागि धेरै तयारी भइसकेकाले जसरी पनि महोत्सव सञ्चालन गरिने बताइन् ।

‘हामीले सञ्चालन गर्ने महोत्सवमा पर्यटन बोर्ड सह प्रायोजक भइसक्यो, जिल्ला प्रशासनले स्विकृति दिइसकेको छ, हामी धेरै अगाडी बढि सक्यौं, अव पछाडी हट्ने ठाउँ छैन’, पत्रकार भेटघाटमा शर्माले भनिन् ।
महोत्सवको तयारीकालागि हाल सम्म १५ लाख जति खर्च भएको भन्दै उनले आफूले लिएको उद्देश्य पूरा गर्न पत्रकाहरुले सहयोग गर्ने विश्वास ब्यक्त गरिन् ।

‘ म जानी नजानी बहिरा सँग जोडिन पुगें, राज्यले लिनुपर्ने पालनपोषण र शिक्षा दिक्षाको दायित्व मैले पूरा गरिरहेकी छुँ, यसैमा पनि बिरोध गर्नु कत्तिको मानवीयता हो ?’ उनले प्रश्न गरिन् ।

बहिरा संघले तुलसीपुरमा प्रथम औद्योगिक, व्यापार, कृषि तथा प्रयटन महोत्सव सञ्चालन गर्ने तयारी गरिरहँदा तुलसीपुर उद्योग बाणिज्य संघले महोत्सव रोक्न माग गरेको थियो । तर बहिरा संघले भने पर्यटन बोर्डबाट समेत स्विकृति लिइसकेको, कलाकारहरु, मञ्च तथा स्टल निमार्ण गर्ने पक्ष लगायतसँग सम्झौता भइसकेकाले महोत्सव नरोक्ने बताएको छ ।


‘महोत्सवलाई ठेक्कामा दिएको भनेर हल्ला फिजाँएर संस्थालाई बदनाम गर्न खोजिएको छ, त्यो कदापी सत्य होइन’ उनले भनिन् । निर्देशक शर्माले आफूलाई महोत्सव सञ्चालन गर्ने रहर नभएर बाध्यता भएको बताइन् । ‘मलाई एक रुपैयाँ कमाउनु छैन, तर यी वहिरा बालवालिकाको आवास र शिक्षाको व्यवस्था गर्ने जिम्म कसैले लिन्छभने अनावश्यक विवादमा फस्ने रहर छैन’, उनले भनिन् ।


शर्माले महोत्सव सञ्चालन हुँदा कुनै असर नपर्ने सुनचाँदी व्यवसायी उपसमिति, गल्ला व्यवसायी उपसमिति, नाइ संघ लगायतलाई समेत जवरजस्ती दस्तखत गर्न लगाएर महोत्सव सञ्चालन नगर्न दवाव दिन खोजिएको प्रति आश्चर्य प्रकट गरिन् ।

पत्रकार भेटघाटमा निर्देशक शर्माले अपाङ्गहरुकालागि केही गर्ने अठोट लिएर अगाडी बढ्न खोज्दा आफूलाई अपराधी जस्तै व्यवहार भएकोमा दुःख ब्यक्त गरिन् । ‘मैले कैयौं पटक उद्योग बाणिज्य संघका अध्यक्ष विरु रावत र निबर्तमान अध्यक्ष बिमल रिजाल सँग समन्वय गर्न खोजे तर उहाँहरुले फोन, म्यासेजको रिप्लाई गर्नुभएन, भेटको कुरा त परै छ,’ शर्माले भनिन् ।

राप्ती बहिरा संघले हाल ७२ जना बहिरा विद्यार्थीलाई आवासीय सुविधा सहित पठन पाठन गराइरहेको छ । भाडाको घरमा बस्दै आएका बहिरा वालवालिकाहरुका लागि छात्रावास निमार्ण गर्ने उद्देश्य राखेर आगमी माघ ११ देखि २२ गते सम्म तुलसीपुरमा महोत्सव गर्न लागेको हो ।

तर महोत्सव सञ्चालन हुने स्थान अरनीको मैदानमा माघको राष्ट्रिय फुटवल प्रतियोगिताको छनोट खेल सञ्चालन हुने भएकाले महोत्सवलाई चार दिन पछि सारिएको आयोजकले जनाएको छ । यसअघि ११ गते देखि हुने भनिएको महोत्सव खेलकुदलाई मध्यनजर गरेर १५ गते सारिएको शर्माले जानकारी दिइन् ।

बहिरा संघले सञ्चालन गर्ने महोत्सवलाई बिजौरी उद्योग बाणिज्य संघ र हापुरे उद्योग बाणिज्य संघले सहमती दिइसकेका छन् । यस्तै जिल्ला प्रशासन कार्यालय दाङ र नगर विकास समितिले पनि अनुमति दिएको छ । तर तुलसीपुर उद्योग बाणिज्य संघले भने महोत्सप सञ्चालन हुँदा यहाँका व्यापारीलाई नोक्सानी हुने भन्दै रोक्न माग गरेको छ । कार्यक्रममा सहभागी पत्रकारहरुले स्थानीय सरकार लगायत सबै सरोकारवालाहरुसँग समन्वय गरेर अगाडी बढ्न सुझाव दिएका थिए ।।

प्रकाशित मिति : बिहिवार, पौष २७, २०७४ समय : १९:४१:२२ 276 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi