धुर्मुस–सुन्तली फाउन्डेसनद्धारा कम्बल वितरण

पहिलोपेज

राजविराज, पुस २७ । पछिल्लो एक साता यता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्याधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेसनले बुधबार कम्बल वितरण गरेको छ ।


सो फाउन्डेसनद्वारा बुधबार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्यांकेट (कम्बल) वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताए ।

तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कुल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्यांकेट वितरण गरिएको धुर्मुससुन्तली फाउन्डेसनका अध्यक्ष तथा हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

यस्तै शीतलहरबाट प्रभावित सप्तरीका विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका– ६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्यांकेट वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म ८ जनाकोमात्र मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : बिहिवार, पौष २७, २०७४ समय : १४:०१:३० 111 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi