मनाङको तापक्रम योपटक माइनस १६ डिग्री

पहिलोपेज


मनाङ । हिमाली जिल्ला मनाङमा चिसोले दैनिकी कष्टकर बन्दै गएको छ । चिसोका कारण तालको पानीसमेत जमेको छ । अधिक चिसो भएपछि प्रहरीले मातहतका कर्मचारीलाई हिमाली ज्याकेटसहितका न्यानो कपडा लगाउन अनिवार्य गरेको छ । त्यस्तै चिसोबाट जोगिन ठाउँठाउँमा सामूहिक रूपमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

चिसोका कारण माथिल्लो मनाङको गंगापूर्ण तालको पानी जमेको छ । तालको पानी जमेपछि स्केटिङ खेल्न मिल्नेगरी समथर भएको त्यहाँस्थित प्रशासनले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले गंगापूर्ण तालको पानी जमेर समथर बनेको जानकारी दिए । ‘स्केटिङ खेल्न मिल्नेगरी तालको पानी कडा स्वरूपमा जमेको छ,’ उनले भने ।

मनाङको तापक्रम योपटक माइनस १६ डिग्रीसम्म ओर्लेको छ । तापक्रम यति साह्रै तल ओर्लेको पहिलोपटक हो । मौसम विज्ञान विभागले यसबारेमा निरन्तर जानकारी लिइरहेको छ ।

प्रकाशित मिति : बिहिवार, पौष २७, २०७४ समय : १३:१२:०३ 30 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi